शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेस कार्यकर्ता माथि खुकुरी प्रहार गर्ने माओवादी पक्राउ, रोल्पामा उथलपुथल

कांग्रेस कार्यकर्ता माथि खुकुरी प्रहार गर्ने माओवादी पक्राउ, रोल्पामा उथलपुथल

  • मिडिया डबली
  • बुधवार, बैशाख २८ २०७९

  • 4.9K
    SHARES

  • कांग्रेस कार्यकर्ता माथि खुकुरी प्रहार गर्ने माओवादी पक्राउ, रोल्पामा उथलपुथल
    फाइल तस्वीर

    रोल्पा - रोल्पामा नेपाली कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरेको आरोपमा नेकपा माओवादी केन्द्रका कार्यकर्ता पक्राउ परेका छन्।

    बाटो ढुकेर कांग्रेस कार्यकर्ताहरूमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले गंगादेब गाउँपालिका वडा नम्बर ५ सिमखोलाका २४ वर्षीय प्रकाश केसीलाई नियन्त्रणमा लिएको हो।

    उनलाई सल्यानको बागचौरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनालगत्तै उनी फरार थिए। उनी रोशन ग्यारेजमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन्।

    वैशाख २६ गते बेलुकी गंगादेब गाउँपालिका वडा नम्बर ५ कुइन्यौंटा डाँडोमा चुनाव प्रचारप्रसार गरी फर्कंदै गरेका तरूण दलका कार्यकर्तामाथि माओवादी कार्यकर्ताले आक्रमण गरेका थिए।

    आक्रमणबाट तरण दलका कार्यकर्ता ३० वर्षका मानबहादुर बुढा र २० वर्षीय कमल बुढा गम्भीर घाइते भएका थिए। उनीहरुको ढाड लगायत शरीरको विभिन्न भागमो गहिरो चोट लागेको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend