स्याङ्जा - स्याङ्जामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच मंगलबार साँझ झडप भएको छ ।
मंगलबार साँझ दुई पार्टीका कार्यकर्ताबीच झडप हुँदा ४ जना घाइते भएका छन् । स्याङ्जाको हरिनाश गाउँपालिका र आँधिखोला गाउँपालिकामा दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ।
हरिनाशको चिसापानीमा भएको झडपमा परेर कांग्रेस निकट ३० वर्षीय पूर्णबहादुर घर्ती र अमृत थापा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पोखरा लगिएको छ । आँधिखोलाको सेतीदोभानमा भएको झडपमा दुईजना घाइते भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।