काठमाडौं - प्रधानसेनापति प्रभुराम शर्माका भाइ नेपाली कांग्रेसको तर्फबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका छन्।
सेनापति शर्माका भाइ लक्ष्मीनारायण शर्मा नागार्जुन नगरपालिका–४ मा वडाध्यक्षको उम्मेदवार बनेका छन् । शर्मा प्रधासेनापतिका कान्छा भाइ हुन् ।
शर्माले १३ बुँदे संकल्प पत्र अघि सार्दै घरदैलो अभियान चलाइरहेका छन् । उनले आफूले वडाध्यक्ष पदमा जिते चुस्त प्रशासन, स्वास्थ्य, शिक्षा तथा सूचना प्रविधि, स्वरोजगारी तथा तालिम, वातावरण तथा सरफाइ लगायतका कुरालाई प्राथमिकता दिने उल्लेख गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।