कपिलवस्तु - स्थानीय तहको निर्वाचनको मुखैमा कांग्रेस उम्मेदवारको निधन भएको छ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयर पदकी उम्मेदवार शुभावति कुर्मीको निधन भएको हो।
मंगलबार बिहान करिब १ बजेतिर उनको हृदयघातका कारण निधन भएको बताइएको छ। अचानक अस्वस्थ भएपछि उनलाई उपचार गर्न जिल्ला अस्पताल लगिएको थियो।
कांग्रेसले आफ्नो तर्फबाट उपमेयर उम्मेदवार रहेकी कुर्मीको निधन भएको जानकारी निर्वाचन अधिकृत कार्यालयमा पठाएको छ।
‘कांग्रेसको उपमेयर उम्मेदवारको निधन भएकाले यहाँ वैशाख ३० गते निर्वाचन नगरी केही समयपछि निर्वाचन गर्ने सम्भावना छ। कुर्मी ०७४ को निर्वाचनबाट पनि उपमेयर निर्वाचित भएकी थिइन्। उनको निधनले कपिलवस्तुमा कांग्रेसी मतदाता स्तब्ध बनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।