काठमाडौं - नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्ने भएको छ । स्थानीय तह चुनाव अन्तर्गत मतदानको चार दिन मात्र बाँकी रहँदा कांग्रेस पत्रकार सम्मेलन गरेर धारणा राख्न लागेको हो।
दल र उम्मेदवार चुनावी मैदानमा व्यस्त रहेका बेला कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले बिहान ११ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन्।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन हुनेछ । आइतबार मात्र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीले पत्रकार सम्मेलन गरेका थिए ।
ओलीले कांग्रेसका मतदाता रिझाउन विभिन्न आरोप लगाएका थिए । कांग्रेसभित्रको अन्तरविरोधमा खेल्न खोजेका ओलीले लगाएका आरोपको आज कांग्रेसले मुखभरीको जवाफ फर्काउने भएको छ ।
ओलीले कांग्रेसले एमालेसँग कहिल्यै पनि सहकार्य गर्न नखोजेको आरोप लगाएका थिए । जबकि एमाले र कांग्रेसले धेरै वर्ष संयुक्त सरकार चलाएका छन् । संविधान मिलेरै बनाएका हुन् ।
तर, ओलीले कांग्रेसको सरकारले केही विकास नगरेको भन्दै माओवादी केन्द्र र एकीकृत समाजवादीसँग मिलेकोमा आइतबार तिक्तता पोखेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।