डोटी - डोटीमा वडाध्यक्षका उम्मेदवार नै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा ( माओवादी केन्द्र ) बाट वडाध्यक्षमा उम्मेदवारी दिएर चुनाव प्रचार प्रसार समेत गरिसकेका उम्मेदवार कांग्रेसमा प्रवेश गरेका हुन् ।
शिखर नगरपालिका - ११ का उम्मेदवार शेर बहादुर बलायर बुधबार कांग्रेसमा प्रवेश गरेका हुन् । उनलाई नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले टिका लगाएर स्वागत गरेका थिए । बलायर माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष समेत हुन् ।
माओवादीले सत्ता, सरकार, व्यवस्था, संविधानको विगत देखिनै गलत प्रयोग गर्दै आएको र अहिले निर्वाचनमा झुटा आश्वासन बाँडेर भोट माग्न थालेपछि आफूले पार्टी छोडेको उनले बताए ।
पार्टी प्रवेश गर्दै उनले शिखरका हरेक वडाहरूमा नेपाली कांग्रेसको जीत सुनिश्चित भएको बताउँदै अन्य कम्युनिष्टहरुलाई समेत कांग्रेसमा मतदान गर्न आग्रह गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।