काठमाडौं - स्थानीय तहको निर्वाचनका क्रममा भोट माग्न हिँडेका एमाले नेता कार्यकर्ताले विपक्षी पार्टीका कार्यकर्ता र शुभेच्छुकमाथि आक्रमण गर्न थालेका छन् ।
स्या्जाको चापाकोट नगरपालिकामा शनिबार राति एमाले चापाकोट नगर कमिटी अध्यक्ष राजु कोइरालाको नेतृत्वको टोलीले स्थानीय कांग्रेसीलाई हतियारसहित आक्रमण गरेको हो । कोइराला चापाकोटमा एमालेबाट मेयरका उम्मेदवार हुन् ।
उनी पूर्वमाओवादी कार्यकर्ता हुन् । केही समयअघि मात्रै उनी एमाले प्रवेश गरेका हुन् । कोइराला नेतृत्वको टोलीले योजनाबद्ध रूपमा दामाचौर, क्यामीमा कांग्रेस कार्यकर्तालाई नानाथरी गालीगलौज गर्दै गाडी नजिकै लगेर हान्न खोज्ने, नेपाली कांग्रेस मुर्दावाद , ले ले कान्छा खुकुरीले नेपाली कांग्रेस छप्काइदे भन्दै गाडीबाटै खुकुरी देखाउँदै वातावरण उत्तेजित भएको प्रत्यक्षदर्शी अमृत वस्तीले बताए ।
नेपाली कांग्रेसको वडा नम्बर ९ ढ कार्यालय आएको कोइराला नेतृत्वमाको टोली साउथ मुभीमा शैलीमा खुकुरी लिई कांग्रेस कार्यकर्तामाथि प्रहार गर्न थालेपछि प्रतिरक्षाकाका लागि कांग्रेस कार्यकर्ता रातिको समयमा भेला भएका थिए ।
५०–६० जनाको टोलीमा आएको एमाले कार्यकर्ताले चापाकोटको शान्त वातावरण नै खलबलिने गरी १० बजेसम्म आतंक मच्चाएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।