बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
आजको विशेष

प्रहरी महानिरीक्षकमा यिनलाई नियुक्त गर्दै सरकार

प्रहरी महानिरीक्षकमा यिनलाई नियुक्त गर्दै सरकार

  • मिडिया डबली
  • आइतवार, बैशाख १८ २०७९

  • 6.0K
    SHARES

  • प्रहरी महानिरीक्षकमा यिनलाई नियुक्त गर्दै सरकार

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक नियुक्त गर्ने छ ।

    दुवै संगठनको नेतृत्व आजबाट अनिवार्य अवकाशमा जान लागेकाले सरकारले यसको निर्णय गर्न लागेको हो । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितका उच्च अधिकारीहरु र सशस्त्र प्रहरी बलका आईजीपी पुष्पराम केसी आजबाट अनिवार्य अवकाशमा जाँदैछन् ।

    नेपाली कांग्रेसको नेतृत्वको गठबन्धन सरकारले डेढ वर्ष जेष्ठ एआईजीपी विश्वराज पोख्रेल, सहकुल थापा र धीरजप्रताप सिंहमध्येबाट एकजनालाई आईजीपी नियुक्त गर्दैछ । एआईजीपी पोख्रेल वरिष्ठतामा अगाडि छन् ।

    प्रधानमन्त्री देउवाले एआईजीपी सिंहलाई आईजीपी नियुक्त गर्न दबाब दिएको बुझिएको छ । तर, सिंह आईजीपी नियुक्त भए २०७३ मा जस्तै आईजीपी नियुक्ति विवादमा पर्ने देखिएको छ ।

    यदि त्यसो भएमा वरिष्ठ एआईजीपी पोख्रेलले सर्वोच्च अदालतमा मुद्दा हाल्ने स्रोतले बतायो । तर, कांग्रेसमा प्रहरीमा वरिष्ठता मिच्न नहुने एकमत छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend