शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

मतदाता भड्किन नदिन कांग्रेसले सातै प्रदेशमा खुला सभा गर्ने

मतदाता भड्किन नदिन कांग्रेसले सातै प्रदेशमा खुला सभा गर्ने

  • मिडिया डबली
  • आइतवार, बैशाख १८ २०७९

  • 4.6K
    SHARES

  • मतदाता भड्किन नदिन कांग्रेसले सातै प्रदेशमा खुला सभा गर्ने
    फाइल तस्बिर

    काठमाडौं - आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसले सातै प्रदेशमा खुला सभा गर्ने भएको छ ।

    यसका लागि कांग्रेसले कार्य तालिका सार्वजनिक गरिसकेको छ । कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयअनुसार सबै प्रदेशमा सभा गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

    यसका लागि कांग्रेसले आगामी २१ गते प्रदेश नं १ को मोरङ, वैशाख २२ मा मधेस प्रदेशको धनुषा, वैशाख २३ मा बागमती प्रदेशको काठमाडौँ, वैशाख २४ मा गण्डकी प्रदेशको कास्की, वैशाख २५ गते लुम्बिनी प्रदेशको रुपन्देही, वैशाख २६ गते कर्णाली प्रदेशको सुर्खेत र वैशाख २७ गते सुदूरपश्चिम प्रदेशको कैलालीमा खुला सभा गर्न लागेको हो ।

    सबै सभाको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्य समितिले गर्ने छ । सभाका कांग्रेसका चर्चित नेताहरूले सम्बोधन गर्ने भएका छन् । यसअघि सत्तारुढ गठबन्धनले सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरे पनि पछि काठमाडौंमा मात्रै गर्ने निर्णय लिएको थियो ।

    तर, गठबन्धनबाट रुष्ट बनेका कांग्रेस मतदाता र शुभेच्छुकलाई आश्वस्त पार्न पनि कांग्रेसले मुख्य सहरमा खुला सभा गर्न लागेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend