काठमडौं । नेपाली कांग्रेस दोलखाले ५ नेता माथि कडा कारबाही गरेको छ। कांग्रेसले ५ नेतालाई भविष्यमा समेत पार्टीका लागि अयोग्य ठहरिने गरी निष्काशन गरेको हो।
स्थानीय तह पनि निर्वाचनमा अन्य पार्टीलाई मद्दत पुग्ने गतिविधि गरेको भन्दै कांग्रेस दोलखाले पूर्वउपसभापतिसहित ५ जनालाई पार्टीबाट निष्काशन गरेको हो।
कारबाहीमा पर्नेमा वैतेश्वर–२ निवासी पूर्व जिल्ला उपसभापति छविलाल मोक्तान, मेलुङ(४ का पूर्ववडाध्यक्ष छत्रबहादुर तामाङ, कालिञ्चोक गाउँपालिका–४ का वडा सभापति केदार कार्की, कालिञ्चोक–४ का क्षेत्रीय प्रतिनिधि यमबहादुर कार्की र कालिञ्चोक–५ का वडा सभापति सहदेव खड्का छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।