बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

विज्ञप्ती निकालेर देशभरका कांग्रेसजनलाई देउवाले गरे यस्तो अपिल

विज्ञप्ती निकालेर देशभरका कांग्रेसजनलाई देउवाले गरे यस्तो अपिल

  • मिडिया डबली
  • बिहिवार, बैशाख १५ २०७९

  • 8.4K
    SHARES

  • विज्ञप्ती निकालेर देशभरका कांग्रेसजनलाई देउवाले गरे यस्तो अपिल

     काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विज्ञप्ती मार्फत बागी उम्मेदवार बनेका सबैलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्।

    बिहिबार विज्ञप्ती जारी गर्दै देउवाले बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन्। ‘एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थिति प्रति म जानकार छु। तर पार्टीको विजयका लागि ‘साथीको उम्मेदवारीनै मेरो उम्मेदवारी’ भन्ने उच्चतम भावना राख्न र नेपाली कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसंग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु,’ देउवाले भनेका छन्।

    देउवाले बागी उम्मेदवारी दिएकाहरुलाई शुक्रबार बेलुका पाँच बजेभित्र उम्मेदवारी फिर्ता लिएर पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन भूमिका खेल्न आग्रह समेत गरेका छन्।

    ‘देशभरका स्थानीय तहका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष र वडा अध्यक्ष, सदस्य पदमा पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका पार्टीका साथीहरूले देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आंकलन गरी आ–आफुले दर्ता गराउनु भएको स्वतन्त्र उम्मेदवारी निर्वाचन आयोगले तोकेको समय (२०७९ वैशाख १६ गते बेलुकी ५ः०० बजेभित्र) सम्बन्धित तहको निर्वाचन अधिकृतको कार्यालयमा गई फिर्ता लिई दिनु हुन र पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण सक्रियताका लागि हार्दिक अपिल गर्दछु,’ उनले भनेका छन्।

    nepli congress (1).jpg

    nepli congress (2).jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend