विराटनगर - स्थानीय तहको निर्वाचनका लागि प्रदेश १ का कुल १३७ स्थानीय तहमध्ये मुख्य पदमा १०५ जनाले पुनः टिकट पाएका छन् ।
त्यो मध्ये पनि सबैभन्दा बढी भोजपुरमा १३ जना पुनः चुनावी मैदान ओर्लिएका छन्। यीमध्ये झापामा मेयर उपमेयरमा पुनः टिकट पाउनेमा ८ जना छन् । इलाममा ९ जनाले पुनः प्रमुख तथा उपप्रमुखमा टिकट पाउँदा पाँचथरमा दुईजनाले दोहोर्याएर मनोनयन दर्ता गरेका छन् ।
ताप्लेजुङ ८ जनाले दोहोर्याउँदा, धनकुटामा ६ जनाले प्रमुख र उपप्रमुखमा दोहोर्याउने अवसर पाएका छन् । संखुवासभामा ४ जनाले पुन प्रमुख उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षमा टिकटक पाउँदा सोलुखुम्बुमा ११ जना उत्रिएका छन् ।
यसैगरी ओखलढुंगामा ६ जना, खोटाङमा ११, सुनसरीमा ८, मोरङमा ६ र उदयपुरमा ५ जनाले दोहोर्याउँदै उम्मेदवारी दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।