काठमाडौं - नेपाली कांग्रेस नवलपुरमा भाँडभैलो मच्चिएको छ। चुनावी तालमेलको विषयलाई लिएर पार्टी भित्रको असन्तुष्टि तिव्र हुँदा ५५ जना कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्।
केन्द्रमा गठबन्धन गर्ने निर्णय भएपछि त्यसको विरोधमा उनीहरुले सामुहिक राजीनामा दिएका हुन्। नेपाली कांग्रस गैँडाकोट नगर समिति वडा नम्बर ८ का सदस्यहरुले गठबन्धनको विरोध गर्दै नगर सभापतिसमक्ष राजीनामा दिएका हुन्।
वडा सभापति रामप्रसाद सापकोटा सहित वडा समितिमा आवद्ध रहेका सबैले नगरसभापति बद्रि सापकोटा समक्ष राजीनामा दिएका हुन्। राजीनामा दिने क्रममा उनीहरुले गठबन्धनविरुद्ध नाराबाजी समेत गरेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।