पोखरा - सत्ता गठबन्धनअन्तर्गत कास्कीका चारवटै गाउँपालिका अध्यक्ष कांग्रेसले पाउने भएको छ ।
आइतबार बसेको सत्ता गठबन्धन बैठकले अध्यक्ष कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रको भागबन्डा मिलाएको हो । पोखरा महानगरपालिका भने एकीकृत समाजवादीले प्रमुख पाइसकेको छ । उपप्रमुखमा कांग्रेसको उम्मेद्वार हुनेछन् ।
जिल्ला समन्वय समिति प्रमुखमा माओवादीले पाउने निर्णय भएको गठबन्धनमा सहभागी एक सदस्यले बताए । अब दलहरूले आफ्नो तर्फबाट उम्मेदवारको टुंगो लगाउनेछन् ।
जनता समाजवादी पार्टी भने कास्कीमा गठबन्धनबाट लगभग बाहिरिएको छ । वडाहरूको समेत भागबन्डा लगभग टुंगिएको छ । तर सार्वजनिक भने गरिएको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।