आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भरतपुर मेयरमा माओबादीलाई समर्थन गरे निर्णय उल्टिने यी कांग्रेस नेताको चेतावनी, तनाबमा रेणु दाहाल

भरतपुर मेयरमा माओबादीलाई समर्थन गरे निर्णय उल्टिने यी कांग्रेस नेताको चेतावनी, तनाबमा रेणु दाहाल

  • मिडिया डबली
  • बुधवार, बैशाख ७ २०७९

  • 4.3K
    SHARES

  • भरतपुर मेयरमा माओबादीलाई समर्थन गरे निर्णय उल्टिने यी कांग्रेस नेताको चेतावनी, तनाबमा रेणु दाहाल
    फाइल तस्वीर

    काठमाडौं - भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई दिने हल्लाको कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले खण्डन गरेका छन् ।

    मंगलबार दिउँसोदेखि भरतपुर महानगर मेयरमा कांग्रेसले दाबी छाडेको र माओवादी केन्द्रलाई सघाउने गरेको भन्दै आएका समाचारप्रति नेता कोइरालाले खण्डन गरेका हुन् ।

    उनले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै भरतपुर महानगर माओवादी केन्द्र वा सो पार्टीकी नेतृ रेणु दाहाललाई छाड्ने पार्टी निर्णय भइनसकेको जनाउँदै यदि त्यस्तो भए महँगो पर्ने चेतावनी पनि दिएका छन् ।

    उनले कुनै पनि हालतमा भरतपुर रेणु दाहाललाई नछाड्ने भन्दै कांग्रेसकै उम्मेदवार उठाउने दाबी पनि गरेका छन् । ‘चितवनका जनताको चाहना नेपाली कांग्रेसले नै मेयर पदमा उम्मेदवारी दिनुपर्छ भन्ने हो । यो जनचाहनालाई ध्यानमा राखेर चितवनका सम्पूर्ण कांग्रेसजनले भावना तथा विचार व्यक्त गरिरहनुभएको छ,’ उनले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘नेपाली कांग्रेसले नै भरतपुरमा मेयर पदमा उम्मेदवारी दिन्छ ।

    नेपाली कांग्रेस केन्द्रले पनि चितवनका समस्त कांग्रेसजन र आम जनताको विचार तथा भावना विपरित अन्य पार्टीलाई मेयरमा समर्थन गर्न सक्दैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र २० २०७९११:३३:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend