आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस नेता दिनेश कोइरालाले भने– कम्युनिस्टसँग मिलेर चुनाव लड्नु कांग्रेसका लागि आत्मघाती कदम

कांग्रेस नेता दिनेश कोइरालाले भने– कम्युनिस्टसँग मिलेर चुनाव लड्नु कांग्रेसका लागि आत्मघाती कदम

  • sobiztrend
  • बुधवार, जेठ २६ २०७८

  • 14.5K
    SHARES

  • कांग्रेस नेता दिनेश कोइरालाले भने– कम्युनिस्टसँग मिलेर चुनाव लड्नु कांग्रेसका लागि आत्मघाती कदम

    काठमाडौं - नेपाली कांग्रेस चितवनका नेता दिनेश कोइरालाले कम्युनिस्ट नेताहरूसँग भर नपर्न पार्टीको शीर्ष नेतृत्वलाई सल्लाह दिएका छन् ।

    कम्युनिस्टमा अहिले देखिएको विवाद पद र सत्ताका लागि मात्र भएको भन्दै उनले पद पाएपछि उनीहरूले कांग्रेसलाई धोका दिने भन्दै उनीहरूसँग मिलेर संसदीय निर्वाचन लड्नु कांग्रेसका लागि आत्मघाती कदम हुने उनको निष्कर्ष छ ।

    प्रधानमन्त्री केपी ओली, एमाले नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोही पनि विश्वसनीय नभएको उनको भनाइ छ । ‘कांग्रेस र कम्युनिष्टमा आकाश पातालको फरक छ ।

    कम्युनिष्टहरु काटाकाट गर्छन् अनि एकैछिनमा चाटाचाट पनि गर्छन् । एमाले फुट्दैन, उनीहरुको सत्ता, स्वार्थ र महत्वाकांक्षी झगडाको कारण केही समय भौतारिएका मात्र हुन्,’ कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन् ।

    उनले नेपालका कम्युनिष्ट पार्टीहरु अत्यन्तै अविश्वसनीय रहेको बताउँदै सबैभन्दा अविश्वसनीय शक्ति प्रचण्डको माओवादी भएको दाबी गरेका छन् ।

    ‘सत्ताका लागि ओली जे पनि गर्छन् । माधव नेपालहरु कमण्डलु बोक्न राजनीतिमा लागेका होइनन् । माधव नेपालहरुको २६ सांसद्को हस्ताक्षरको भर गर्नु भूल हुन्छ । ओलीसँग मिल्न प्रयास गरिरहेका छन् । मिल्न पाएनन् भने कांग्रेससँग गठवन्धन गरेर चुनाव लड्ने दाउमा छन् ।ओलीसँग मिल्न नपाउँदा मात्र यिनलाई कांग्रेस चाहिएको हो,’ कोइरालाले भनेका छन् ।

    चकनाचुर भएर फुटेका कम्युनिष्टसँग मिलेर चुनाव लड्नुपर्ने अवस्था कांग्रेसको हो र ? भन्दै उनले नेतृत्वसँग प्रश्न पनि गरेका छन् । ‘कांग्रेसले सही बाटो लिन सक्यो भने, कांग्रेस एक्लैले आउँदो चुनावमा बहुमत ल्याउन सक्छ । तर चुनावमा सबै कम्युनिष्ट एक हुन्छन्, हाम्रो नेतृत्व भ्रममा पर्नु हुँदैन। सत्तामा गएपछि पद र शक्तिको लागि मात्र यिनीहरुको झगडा हो, पद प्राप्तिका लागि एकै ठाउँमा हुन्छन्। कम्युनिष्टहरुसँग संसदीय फाँटमा मात्र सहकार्य हो, यो सहकार्यमा पनि, मिलेर चुनाव लड्नु आत्मघाती हुनेछ,’ कोइरालाले भनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र २० २०७९११:३३:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend