आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

कोइरालाको इन्ट्रीले प्रचण्ड तनाबमा, चितवनमा सन्नाटा !

कोइरालाको इन्ट्रीले प्रचण्ड तनाबमा, चितवनमा सन्नाटा !

  • मिडिया डबली
  • मंगलवार, पौष ६ २०७८

  • 18.6K
    SHARES

  • कोइरालाको इन्ट्रीले प्रचण्ड तनाबमा, चितवनमा सन्नाटा !

    काठमाडौं - नेपाली कांग्रेसको महाधिवेशन, तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तनाव । सुन्दै अनौठो लाग्ने भए पनि यो यथार्थ हो ।

    कांग्रेसको १४औं महाधित्रवेशनबाट खुलातर्फको ३५ केन्द्रीय सदस्यको निर्वाचनमा चितवनका दिनेश कोइराला निर्वाचित भए । उनी निर्वाचनमा प्रतिस्पर्धा गरेर केन्द्रीय सदस्य बन्ने चितवनका पहिलो युवा नेता हुन् ।

    कोइराला चितवनमा निकै लोकप्रिय छन् । उनी सम्भावन बोकेका कांग्रेसका युवा नेतामा पर्छन् । अहिले उनी चितवनको निर्वाचन क्षेत्र ३ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी गर्दैछन् ।

    यसअघि उनी भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसको उम्मेदवार बन्ने तयारीमा थिए । उनले मनोनयन दर्ता पनि गरेका थिए । काठमाडौंबाट टिकट लिएर भरतपुर विमानस्थल नपुग्दै उनको उम्मेदवारी रद्द गरिएको थियो ।

    अर्थात् कांग्रेसले प्रचण्ड पुत्री रेणु दाहाललाई मेयरमा छाडिदियो । त्यसपछि कोइराला निकै तनावमा परे । यदि त्यसबेला कांग्रेसबाट उनले मेयरमा उम्मेदवारी दिएको भए जित्ने निश्चित थियो ।

    तिनै नेता अब कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएर चितवन फर्केपछि प्रचण्ड परिवारमा चिन्ता थपिएको छ । कोइरालाले आगामी निर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन नगर्ने नीति लिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र २० २०७९११:३३:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend