शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेस कास्कीका नेताले देउवासँग राखे यस्तो अडान, पोखरेली जनता दंग

कांग्रेस कास्कीका नेताले देउवासँग राखे यस्तो अडान, पोखरेली जनता दंग

  • मिडिया डबली
  • मंगलवार, बैशाख ६ २०७९

  • 5.9K
    SHARES

  • कांग्रेस कास्कीका नेताले देउवासँग राखे यस्तो अडान, पोखरेली जनता दंग

    काठमाडौं - नेपाली कांग्रेस कास्कीले पार्टी सभापति शेरबहादुर देउवालाई पोखरा महानगरपालिकामा पार्टीका ६० हजारभन्दा बढी मतको अपमान नगर्न आग्रह गरेका छन् ।

    मंगलबार दिउँसो प्रधानमन्त्री देउवासँगको भेटमा उनीहरूले आफ्नो ६० हजारभन्दा बढी मत अल्पमतमा दिन नसकिने बताएका छन् । विगतमा पनि पोखरा महानगरपालिकामा कांग्रेसमाथि अन्याय भएकोले यसपटक भने गठबन्धनमा आफ्नो पार्टीको दाबी प्रस्तुत गर्न आग्रह गरेका थिए ।

    कास्की कांग्रेस नेता यज्ञबहादुर थापाले देउवासँगको भेटमा पोखरामा ६० हजारभन्दा बढी मत कांग्रेसको रहेको बताएका थिए ।

    ‘पोखरामा कांग्रेसको नेतृत्वमा निर्वाचनमा जाँदा गठबन्धनलाई जिताउन सजिलो हुन्छ भन्ने कुरा हामीले प्रष्टसँग राखेका छौँ । यसमा सभापतिज्यूले निर्णय गर्न मलाई नि गाह्रो छ भन्नुभएको छ । त्यस्तो अप्रिय निर्णय आउँला भन्ने हामीले कल्पना पनि गरेका छैनौँ,’ नेता थापाले सञ्चारकर्मीसँग भने ।

    कांग्रेसको भागमा पोखरा नपरे के गर्ने भन्ने प्रश्नमा देउवाले चित्तबुझ्दो जवाफ दिन नसकेको उनको भनाइ छ । ‘हाम्रो ६० हजारभन्दा बढी मत सुरक्षित छ । ६० हजार मतलाई कम मतमा भोट दिनुहोस् भन्न अप्ठ्यारो हुन्छ ।

    यो कुरा हामीले सभापति ज्यूलाई प्रष्ट्याएका छौँ । यसमा म हेर्छु भन्नुभएको छ,’ उनले भने । कांग्रेस कास्की र पोखरा महानगर समितिले पोखरा महानगरपालिका एकीकृत समाजवादीलाई दिन नसकिने अडान राखेपछि प्रधानमन्त्री देउवाले कास्कीका नेताहरूलाई काठमाडौं बोलाएर छलफल गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend