बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

पोखरा महानगर कांग्रेसले नछाड्ने अडानपछि कास्कीका नेतालाई बालुवाटार झिकाइयो

पोखरा महानगर कांग्रेसले नछाड्ने अडानपछि कास्कीका नेतालाई बालुवाटार झिकाइयो

  • मिडिया डबली
  • मंगलवार, बैशाख ६ २०७९

  • 3.9K
    SHARES

  • पोखरा महानगर कांग्रेसले नछाड्ने अडानपछि कास्कीका नेतालाई बालुवाटार झिकाइयो

    काठमाडौं - नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिका कुनै पनि हालतमा एकीकृत समाजवादीलाई नदिने अडान राखेपछि सत्तारुढ गठबन्धन संकटमा परेको छ ।

    सोमबार कांग्रेस कास्कीले एकीकृत समाजवादीलाई मेयर त के वडा सदस्यसमेत नदिने भन्दै विज्ञप्ति निकालेपछि काठमाडौंमा भूकम्प गएको थियो ।

    जसकारण सोमबार गठबन्धन बैठक विना निष्कर्ष टुंगिएको थियो । कास्कीमा जिल्ला तहका काँग्रेसका नेताहरू कुनै हालतमा पोखरा मेयर छाड्न नसकिने अडानमा छन् भने एकीकृत समाजवादीले पनि आफूहरूले पोखरामा मेयर नपाए एमालेसँग मिल्न सक्ने चेतावनी दिइसकेको छ।

    कांग्रेस जिल्ला र पोखरा महानगर समितिका सचिवहरूले विज्ञप्ति नै जारी गरेर एकीकृत समाजवादीबाहेक दलसँग मात्रै गठबन्धन गर्ने बताएका छन्।

    कांग्रेसले पोखराको मेयरका लागि १८ र उपमेयरका लागि १० जनाको नाम संकलन गरेको छ। पोखरा महानगरको मेयरमै कुरा नमिलेपछि यो विषयमा कुरा गर्न कास्कीका नेताहरूलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौँ बोलाएका छन्।

    प्रदेशका सभापति शुक्रराज शर्मा, जिल्ला सभापति किशोरदत्त बराल र पूर्वमन्त्री यज्ञबहादुर थापा जिल्लाको ब्रिफिङ गर्न काठमाडौँ हिँडेका छन्।

    अघिल्लो साता जिल्लाका झन्डै एक सय नेता कार्यकर्ताले केन्द्रीय पार्टी कार्यालय पुगेर देउवालाई भेटेका थिए। त्यतिबेला भने देउवाले महानगरका विषयमा कुनै निर्णय नभएको भन्दै जिल्ला फर्कन निर्देशन दिएका थिए।

    अघिल्लो निर्वाचनमा पोखरामा एमालेसँग कांग्रेस साँघुरो मतान्तरले पराजित भएको थियो । त्यसबेला कांग्रेसमै बेमेल भएकाले मेयरमा पराजित हुनुपरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend