काठमाडौ - सत्तारुढ गठबन्धनका शीर्ष नेता सोमबार ६ महानगर र ११ उपमहानगरपालिका भागबन्डा टुंगो लगाउन बैठकमा बसेका छन् ।
केन्द्रमा स्थानीय तहको चुनावमा तालमेल गरेर जाने सहमति भए पनि जिल्ला जिल्लामा गठबन्धन नगरी मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय धमाधम भइरहेको छ ।
यसैक्रममा नेपाली कांग्रेस दैलेखले जिल्लाका ११ वटै स्थानीय तहमा वैशाख ९ गते उम्मेदवार टुंग्याउने भएको छ । त्यसका लागि वैशाख ८ गते संसदीय दलको वैठक बोलाइएको कांग्रेस जिल्ला सभापति मणिराम रेग्मीले जानकारी दिए ।
११ वटै पालिकाका उम्मेदवारका आकांक्षीको सिफारिस प्राप्त गरिसकेको उनको भनाइ छ । ‘गठबन्धनमा सहमति नभएका कारण अहिले पनि वार्ताहरू चलिरहेका छन्’, रेग्मी भन्छन्, ‘तर सहमति हुन सकेको छैन ।
वैशाख ९ गते टिकट बाँडेर उम्मेदवारलाई गाउँमा पठाइदिन्छौं । त्यसअघिसम्म सहमतिको प्रयास भने जारी रहनेछ ।’ उनले माओवादी केन्द्र र एकीकृत समाजवादीले बढी नै भाग खोजेपछि समस्या भएको बताए ।
दैलेखमा कांग्रेस ६ र पाँचवटा पालिकाको नेतृत्व माओवादी केन्द्र र एकीकृत समाजवादीले माग गर्दै आएका छन् । ०७४ सालको निर्वाचनमा दैलेखका ९० वडामा माओवादीले एउटा वडा पनि जितेको थिएन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।