बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

एमाले ललितपुरमा गाईजात्रा, स्थानीय तहको उम्मेदवार बन्न अन्तर्वार्ता

एमाले ललितपुरमा गाईजात्रा, स्थानीय तहको उम्मेदवार बन्न अन्तर्वार्ता

  • मिडिया डबली
  • सोमवार, बैशाख ५ २०७९

  • 9.4K
    SHARES

  • एमाले ललितपुरमा गाईजात्रा, स्थानीय तहको उम्मेदवार बन्न अन्तर्वार्ता

     ललितपुर - गत स्थानीय तहको निर्वाचनमा एमालेले ललितपुरमा दुईवटा पालिका जितेको थियो । ६ मध्ये ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र बागमती गाउँपालिका नेपाली कांग्रेसले जितेको थियो ।

    महालक्ष्मी नगरपालिका र महांकाल गाउँपालिका एमाले तथा कोञ्ज्योसोम गाउँपालिका माओवादी केन्द्रले जितेको थियो । तर, अहिले अवस्था निकै भिन्न भएको छ । यी तीनवटै दलले अहिले ललितपुरमा आ–आफूले जित्ने दाबी गरिरहेका छन् ।

    एमाले विभाजन भएको र माओवादी केन्द्रको संगठन ध्वस्त भएकाले कांग्रेसलाई यसपटक अवसर छ । तर, एमालेले आफूले सबैतिर जित्ने दाबी गर्दै हिँडेको छ । त्यसैले सो पार्टीमा अहिले स्थानीय तहको प्रमुख र उपप्रमुख बन्न होडबाजी सुरु भएको छ ।

    कतिसम्म भने एमाले ललितपुरले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छान्न अन्तर्वार्ता लिन सुरु गरेको छ । एमाले ललितपुर क्षेत्र नम्बर १ ले आइतबार मात्र कोञ्ज्योसोम गाउँपालिकाका आकांक्षीसँग अन्तर्वार्ता लिएको छ ।

    अध्यक्षका आकांक्षी कृष्णमान लामा, कृष्ण सापकोटा र कविन्द्र लामा तथा उपाध्यक्षका आकांक्षी रनिता तामाङ र सुनिता तामाङसँग अन्तर्वार्ता लिइएको हो ।

    क्षेत्र नम्बर १ मा मधुसुधन पौडेलको संयोजकत्वमा रहेको कार्यदलले अन्तर्वार्ता लिएको हो । कार्यदल सदस्यमा तारा सञ्जेल, नवराज सिलवाल र चेतनाथ सञ्जेल छन् । एमालेले ललितपुर महानगरपालिकाबाहेक अन्यत्र उम्मेदवारको सिफारिस गर्न सकेको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend