शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

माओवादी, एकीकृत समाजवादी र जसपाको दाबीले कांग्रेसमा हैरान, औकात भन्दा बढीको माग !

माओवादी, एकीकृत समाजवादी र जसपाको दाबीले कांग्रेसमा हैरान, औकात भन्दा बढीको माग !

  • मिडिया डबली
  • सोमवार, बैशाख ५ २०७९

  • 6.0K
    SHARES

  • माओवादी, एकीकृत समाजवादी र जसपाको दाबीले कांग्रेसमा हैरान, औकात भन्दा बढीको माग !

    काठमाडौं - स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको तालमेल मिलाउन सत्तारुढ गठबन्धनको बैठक बस्दै छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेतासहित चुनावी तयारी तथा अनुगमन समितिको बैठक बस्न लागेको हो। सोमबार बिहान ९ बजे बैठक बस्ने तयारी रहेको जनाइएको छ।

    आइतबार पनि सत्तारुढ गठबन्धनको बैठक बसेको थियो। तर कुनै निष्कर्ष ननिस्केपछि आज तालमेल मिलाउने सहमति गरेको थियो। देशभर ६ महानगरपालिका र ११ उपमहानगरपालिका छन्।

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा चुनावी तयारी तथा अनुगमन समितिले तयार गरेको प्रस्तावअनुसार आज गठबन्धनको बैठकमा तालमेल मिलाउन छलफल हुने जनाइएको छ।

    गठबन्धनमा रहेका दलले काठमाडौं, ललितपुर र विराटनगर कांग्रेसलाई दिने र अन्य तीन महानगरमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई दिनुपर्ने प्रस्ताव गरेका छन्।

    माओवादीले भरतपुर महानगर र एकीकृत समाजवादीले पोखरा र जसपाले वीरगञ्ज महानगरको दाबी गरेको छ। ती सबै महानगरमा कांग्रेस अहिले पहिलो शक्ति रहेको छ ।

    सबैभन्दा आश्चर्य त ११ वटा उपमहानगरपालिकामा माओवादी, एकीकृत समाजवादी र जसपाको दाबीले सबैलाई हैरान बनाएको छ । कतिसम्म भने कांग्रेसले जितेको उपमहानगरपालिकामा समेत माओवादीले दाबी गरेपछि कांग्रेस नेता कार्यकर्ता आगो बनेका छन् ।

    माओवादीले चार, एकीकृत समाजवादी र जसपाले तीन–तीनवटा उपमहानगरपालिका दाबी गरेका छन् । ११ मध्ये १० वटा उपमहानगरमा तीन दलले दाबी गरेपछि कांग्रेसको भागमा एउटा मात्र उपमहानगरपालिका रहन्छ ।

    माओवादीको अहिले जनमत नै छैन । एकीकृत समाजवादीको संगठन नै छैन । जसपा चिराचिरामा विभाजित मात्र भएको छैन, त्यसका अधिकांश नेता कार्यकर्ता लोसपा र एमालेमा प्रवेश गरेका छन् । त्यसैले बरु एक्लाएक्लै लड्न कांग्रेस नेतृत्वमाथि दबाब पर्दै गएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend