बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

एक्लै चुनाव लड्छु भन्ने एमाले झिनामसिना दल बटुल्दै गठबन्धन गर्दै

एक्लै चुनाव लड्छु भन्ने एमाले झिनामसिना दल बटुल्दै गठबन्धन गर्दै

  • मिडिया डबली
  • आइतवार, बैशाख ४ २०७९

  • 6.4K
    SHARES

  • एक्लै चुनाव लड्छु भन्ने एमाले झिनामसिना दल बटुल्दै गठबन्धन गर्दै

    काठमाडौं - यतिबेला देश स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा छ । दलहरू आपसी तालमेलको गृहकार्यमा लागेका छन् ।

    तर, अहिलेसम्म ठोस निर्णय भइसकेको छैन । सत्तारुढ गठबन्धनले आज तालमेलको विषयमा निर्णय गर्ने बताइएको छ । तर, केही जिल्लामा भने केन्द्रको निर्णयविपरीत गठबन्धन दलबीच नै मित्रवत् चुनावी प्रतिस्पर्धा हुने सहमति भएको छ ।

    बारा, पर्सा, बाँके, हुम्लालगायतका जिल्लामा यस्तो सहमति भएको छ । चितवन, संखुवासभा, मोरङमा तालमेल गर्ने नगर्ने टुंगो लागिसकेको छैन ।

    पाँचदलीय गठबन्धन सशक्त ढंगले अघि बढेमा सबैभन्दा ठूलो क्षति एमालेले बेहोर्नुपर्ने निश्चित छ । त्यसैले अहिले एमालेले पाँच सातवटा रणनीति बनाएको छ ।

    जसमा गठबन्धन दलको अन्तरविरोधमा खेल्ने, ती दलका असन्तुष्टलाई पार्टी प्रवेश गराउने, सरकारले आर्थिक अवस्था खत्तम बनायो भनेर प्रचार गर्ने अनि स–साना दलसँग मिलेर चुनावमा जाने । जसरी हुन्छ पार्टी विभाजनको क्षति रोक्न एमाले भरमग्दुर प्रयासमा लागेको छ ।

    यसका लागि एमाले अध्यक्ष एक्लै देशव्यापी दौडाहमा लागेका छन् । उनले जहाँ पनि एमाले क्विन्टलको ढक भएको र एक्लै चुनाव लड्ने दाबी गर्दै आएका छन् । तर, व्यवहारमा दुई राप्रपा, लोसपा, विप्लव नेतृत्वको नेकपासँग सहकार्य गरिरहेका छन् ।

    कतिसम्म भने कांग्रेसले कारबाही गरेको र एमाले आफैंले भ्रष्टाचारी नेता भनेर भन्दै आएको गोविन्दराज जोशी समूहसँग समेत सहकार्य गर्नुपर्ने अवस्थामा पुगेको एमालेको हालत कस्तो भइसकेछ भन्ने पुष्टि भइसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend