विराटनगर - नेपाली कांग्रेसको विराटनगर महानगरपालिका कार्यसमितिले मेयर पदका लागि संघीय सांसदसहित केन्द्रीय सदस्यसम्मको नाम सिफारिस गरेको छ ।
शनिबार बसेको बैठकले मेयरका लागि संघीय सांसद डा.डिला संग्रौला, अमृत अर्याल, भीम पराजुली, गोपाल रेग्मी, नागेश कोइराला, दीपक चापागाइँ, इन्दिरा कार्कीको नाम सिफारिस गरेको हो ।
संग्रौला, अर्याल, पराजुली र रेग्मी सभापति शेरबहादुर देउवा र कोइराला, चापागाइँ र कार्की नेता शेखर कोइराला निकट हुन् । भीम पराजुली हालका मेयर र इन्दिरा कार्की उपमेयर हुन् ।
उपमेयरका लागि निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, सीता घिमिरे, सूची चौधरी, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस भएको छ । विराटनगरमा कांग्रेसले गठबन्धन गरेर चुनावमा प्रतिस्पर्धा गर्न चाहेको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।