शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

भरतपुर महानगर माओवादीलाई जिम्मा दिन नहुने भन्दै कांग्रेसमा ठुलो विद्रोह, संकटमा देउवा !

भरतपुर महानगर माओवादीलाई जिम्मा दिन नहुने भन्दै कांग्रेसमा ठुलो विद्रोह, संकटमा देउवा !

  • मिडिया डबली
  • आइतवार, बैशाख ४ २०७९

  • 5.2K
    SHARES

  • भरतपुर महानगर माओवादीलाई जिम्मा दिन नहुने भन्दै कांग्रेसमा ठुलो विद्रोह, संकटमा देउवा !

    भरतपुर - भरतपुर महानगरपालिका फेरि पनि माओवादी केन्द्रलाई जिम्मा लगाउन लागेको भन्दै चितवन कांग्रेसमा विद्रोह सुरु भएको छ ।

    भरतपुर महानगरपालिका वडा नम्बर १७ का कांग्रेस कार्यकर्ताले शनिबार सामूहिक राजीनामा दिँदै स्वतन्त्र अभियान घोषणा गरेका छन् ।

    भरतपुरको बेलुवा टोलमा भेला आयोजना गरेर पूर्व वडाध्यक्ष देवनारायण महतो, पूर्ववडा सभापति प्रकाश कँडेलसहित कांग्रेसका ५० जना क्रियाशील कार्यकर्ताले सामूहिक राजीनामा घोषणा गरेका हुन् ।

    कँडेलको संयोजकत्वमा भएको भेलाले कांग्रेसबाट राजीनामा दिए पनि देश र जनहितको कामका लागि सधैँ उपस्थित रहने निर्णय गरेको छ । राजीनामा दिएका सबैले हस्ताक्षरसमेत गरेका छन् ।

    स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धन गर्ने र यसअघि स्थानीय तहमा जुन पार्टीले जितेको छ सोही पार्टीको उम्मेदवार हुने केन्द्रीय तहमा सहमति भएपछि भरतपुर कांग्रेस असन्तुष्ट छ ।

    भरतपुरमा पाँच दलीय गठबन्धन गरेर माओवादी नेतृ एवं वर्तमान मेयर रेनु दाहाललाई उम्मेदवार बनाएर कांग्रेस कार्यकर्ताले स्वतन्त्र रूपमा उम्मेदवार घोषणा गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

    यसअघि नै भरतपुरको २९ वडा कांग्रेस समितिले माओवादीलाई मेयर दिए आफूहरूले पनि उम्मेदवारी दिने, केन्द्रको निर्णय नमान्ने चेतावनी दिइसकेका छन् ।

    कांग्रेस चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनकी छोरी रेणु दाहाललाई जिताउने ठेक्का कांग्रेसले लिन नहुने भन्दै विरोध भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend