भरतपुर - नेपाली कांग्रेसको भरतपुर महानगरपालिकामा गठबन्धनलाई लिएर सकस कायमै देखिएको छ ।
कांग्रेसको भरतपुर महानगरपालिकाका २९ वटै वडा सभापतिहरुले महानगरपालिकाको कुनै पनि पदमा गठबन्धन नगर्न पार्टी नेतृत्वलाई खबरदारी गरेका छन् ।
जिल्ला पार्टी कार्यालय भरतपुरमा उपलब्ध २७ जना वडासभापतिको बैठकले महानगरपालिकाको मेयर, उपमेयर, वडाअध्यक्ष र वडासदस्य सबै पदमा पार्टीकै उम्मेदवार हुनुपर्ने निर्णय गरेको छ ।
यदि कुनै पदमा तालमेल गरी अरु दललाई दिएमा स्वतन्त्र उम्मेदवारी दिने चेतावनी पनि उनीहरुले दिएका छन् । ‘नेपाली कांग्रेसको केन्द्र, जिल्ला तथा महानगरले गठबन्धन गर्ने निर्णय गरे पनि हामी वडा सभापतिहरु कुनै पनि गठबन्धन नगर्ने निर्णय गर्दछौं’ उनीहरुको निर्णयमा भनिएको छ, ‘मेयर, उपमयेरसहित सबै वडाहरुमा नेपाली कांग्रेसको अध्यक्षसहित पाँचजना नै उम्मेदवार उठाउने निर्णय गर्नुका साथै गठबन्धनका सबै उम्मेदवारलाई बहिस्कार गर्ने निर्णय गरियो ।’ उनीहरुले उक्त निर्णय जिल्ला सभापति राजेश्वर खनाललाई बुझाएका छन् ।
वडा नम्बर १५ का वडा सभापति ज्योतिप्रसाद कँडेलको अध्यक्षतामा बसेको वडा सभापतिहरुले बैठकले मेयर, उपमेयर, वडा अध्यक्षसहितका सबै सदस्यमा कांग्रेसको उम्मेदवार हुनुपर्ने निर्णय गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।