शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेसले भन्यो– घरघर जाऔं, कांग्रेस जिताऔं अभियान सफल भयो

कांग्रेसले भन्यो– घरघर जाऔं, कांग्रेस जिताऔं अभियान सफल भयो

  • मिडिया डबली
  • मंगलवार, चैत्र २९ २०७८

  • 3.8K
    SHARES

  • कांग्रेसले भन्यो– घरघर जाऔं, कांग्रेस जिताऔं अभियान सफल भयो
    फाइल तस्बिर

    काठमाडौं - नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित गरेको घरघर जाऔं, कांग्रेस जिताऔं अभियान सफल रहेको बताएको छ ।

    एक महिने अभियान सकिएपछि मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा: प्रकाशशरण महतले एक महिने अभियान अत्यन्तै सफल रहेको बताएका हुन् ।

    ‘धेरै भ्रम फैलाइएको थियो । एमसीसीबारे ठूलो खालको भ्रम छरिएको रहेछ । विकास निर्माणका कामबारे पनि भ्रम फैलाइएको थियो । त्यो सबै भ्रम चिर्न सफल भयौं,’ उनले भने ।

    पाँच वर्षे म्यान्डेट पाएर अधुरै छोडेका केपी ओली नेतृत्वको पार्टीलाई किन जिताउने भन्नेबारे पनि जनधारणा बुझ्ने मौका मिलेको उनको भनाइ छ ।

    ‘घरघरमा गएर जनताको धारणा नजिकबाट बुझ्नै मौका पायौं । चुनावी तालमेलका विषयमा पनि उहाँहरूको धारणा कस्तो छ ? त्यो बुझ्ने मौका मिल्यो,’ महतले भने ।

    स्थानीय तह निर्वाचनका लागि पार्टीको अवस्था कस्तो छ भन्ने विषयमा पनि नजिकबाट बुझ्ने मौका मिलेको उनको भनाइ छ । स्थानीय तह लक्षित गरेर कांग्रेसले गत २९ फागुनदेखि एक महिने अभियान सञ्चालन गरेको थियो ।

    अभियानमा कांग्रेसका केन्द्रीय प्रतिनिधिहरू गाउँघर केन्द्रित भएका थिए । अभियानको क्रममा केन्द्रीय प्रतिनिधिहरूलाई गाउँघरमा कांग्रेसबारे जनताको धारणा, पार्टीबारे फैलाइएका भ्रम चिर्ने, चुनावी तालमेल गरेर अघि बढ्ने विषयमा जनताको धारणालगायतका विषय बुझ्ने म्यान्डेट पाएका थिए।

    एक महिने अभियान सकेर केन्द्रीय प्रतिनिधिहरू सबै काठमाडौं फर्किँदैछन् । उनीहरूले आफूलाई खटाइएको जिल्लाको वस्तुस्थितिबारे प्रतिवेदन बुझाउनुपर्ने छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend