आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

जनार्दन शर्माको निर्णयप्रति विरोधमा उत्रिए वर्षमान, माओवादीमा बबण्डर

जनार्दन शर्माको निर्णयप्रति विरोधमा उत्रिए वर्षमान, माओवादीमा बबण्डर

  • मिडिया डबली
  • आइतवार, चैत्र २७ २०७८

  • 8.5K
    SHARES

  • जनार्दन शर्माको निर्णयप्रति विरोधमा उत्रिए वर्षमान, माओवादीमा बबण्डर

    काठमाडौं - माओवादी केन्द्रको महाधिवेशन सकिएको चार महिना हुन लागेको छ । तर, अध्यक्ष, केन्द्रीय सदस्यबाहेक अझै पनि पदाधिकारी चयन हुन सकेका छैनन् ।

    खासगरी महासचिव को बन्ने भन्ने निर्णय हुन नसक्दा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वन मेन शो ढंगले पार्टी चलाइरहेका छन् ।

    महासचिवमा अर्थमन्त्री जनार्दन शर्मा र पूर्वअर्थमन्त्री वर्षमान पुनबीच प्रतिस्पर्धा छ । पार्टी संगठनमा वर्षमान हशाबी छन् ।

    तर अध्यक्ष प्रचण्ड वर्षमानभन्दा पनि जनार्दनको पक्षमा देखिएका छन् । जनार्दनलाई महासचिव बनाउँदा वर्षमान भाँडिने डरले प्रचण्ड निर्णय लिन डराइरहेका छन् । यतिबेला देशको आर्थिक डामाडोल बनाएको आरोप अर्थमन्त्री शर्मामाथि लागेको छ ।

    अर्थ मन्त्रालय कुश ढंगल चलाउन नसकेकै कारण देशको यो अवस्था आएको भन्दै उनलाई हटाउनुपर्ने आवाज उठिरहेको छ । शर्मा आर्थिक संकलनतिर लागेको समेत मिडियामा आउन थालेको छ ।

    अमेरिकाबाट आउन लागेको ४० करोड रुपैयाँ त्यसकै संकेत भएको सबैले अनुमान गरेका छन् । सोही घटना बढ्दै जाँदा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई अर्थमन्त्री शर्माले पदमुक्त गर्न समिति गठन गरेका छन् । शर्माको यो निर्णयप्रति माओवादीमै विरोध भएको छ ।

    माओवादी केन्द्रको महासचिवका दाबेदारसमेत रहेका वर्षमान पुनले आर्थिक संकट परेको अवस्थामा गभर्नर हटाउने सरकारको निर्णयप्रति उनले आपत्ति जनाएका छन् ।

    उनले गभर्नरलाई हटाउने भित्री कारण बारे आफू जानकार नभए पनि देश आर्थिक संकटबाट गुज्रिरहेका बेला गभर्नर हटाउने समय उपयुक्त नभएको र यसले दीर्घकालीन असर गर्ने उनले बताएका छन् ।

    शनिबार एक मिडियालाई अन्तर्वार्ता दिँदै पुनले अर्थमन्त्री शर्माको निर्णयको विरोध गरेका हुन् । वर्षमानको यो विरोधले अर्थमन्त्री शर्मालाई महासचिव बन्न फलामको च्यूरा सावित हुने देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, कार्तिक ९ २०७७०९:०६:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend