काठमाडौं - नेपाली कांग्रेसको स्थानीय निर्वाचन केन्द्रीय प्रचार प्रसार समिति अन्तरगतको युवा प्रचार नेटवर्क उपसमितिले पूर्णता पाएको छ ।
समितिका संयोजक डा. प्रकाशशरण महतले- पार्टीका केन्द्रीय सदस्य श्री गोविन्द भट्टराईको संयोजकत्वमा गठन भएको ‘नेपाली कांग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क उपसमिति’ सदस्यहरु मनोनयन गरेका हुन् ।
उप–समितिको सदस्यमा पुष्पकुमार शाही, विकाश केसी, संजय यादव, रामप्रसाद अधिकारी, पवन यादब, निलकण्ठ रिजाल, कृष्णकुमारी बस्नेत, मुक्ति पौडेल, तुलसा पन्त, सरोजकुमार थापा, उर्मिला थपलिया, मनोज बैद्य, बलदेव तिमिल्सिना, कमला न्यौपाने, प्रेमराज जोशी मनोनीत भएका छन् ।
प्रकाश घिमिरे, साधना घिमिरे, ललिता सुनार, विष्णुराज कार्की, गोकर्ण चन्द, लोकेन्द्र रोकाया, सन्तोष चौधरी, सुवास यादब, शंकर पौडेल, दीपक सोनी, नारायण चौधरी, विष्णु जोशी, शिव बोहरा, जनक भट्ट, शम्भु जोशी, सन्तोष पाण्डे, गणेश सापकोटा, विमलचन्द्र बिष्ट सदस्यमा मनोनीत भएका छन् ।






मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।