रसुवा - रसुवाको कालिका गाउँपालिका वडा नं १ ग्राङमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले परित्याग गरी १५० भन्दा बढी नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
१ ग्राङमा नेपाली कांग्रेसद्वारा आयोजित वडा सम्मेलन तथा पार्टी प्रवेश कार्यक्रममा संघीय सांसद एवं कांग्रेस केन्द्रीय सदस्य इञ्जिनियर मोहन आचार्यले उनीहरुलाई कांग्रेसमा प्रवेश गराएका हुन् । यो संगै यस गाउपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेमा पहिरो नै गएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले कांग्रेस नेतृत्वले मात्र गाउँको विकास गर्न सक्ने बताए । देशभरिनै कांग्रेसप्रति जनलहर बढ्दै गएको छ भन्दै उनले आगामी स्थानीय तहको निर्वाचनमा रसुवाका सबै गाउँपालिकामा कांग्रेसले विजय हासिल गर्ने बताए ।
‘घर घर जाऔँ, कांग्रेस जिताऊँ’ अभियानमा रसुवाली जनताको उल्लेख्य सहभागीता रहको भन्दै उनले सो अभियानमार्फत अहिले कांग्रेस नेताहरू जनताको घर दैलोमा पुगिरहेको बताए ।
उनले समृद्ध रसुवा निर्माणका लागि आफ्नो कार्यकालमा सडक, पुल, खानेपानी, सिंचाई, स्कुल र स्वास्थ्य चौकी निर्माणमा धेरै काम भएको बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।