शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

चैत २२ गतेभित्रै स्थानीय तहका उम्मेदवारको नाम सिफारिस गरी पठाउन कांगेसको निर्देशन

चैत २२ गतेभित्रै स्थानीय तहका उम्मेदवारको नाम सिफारिस गरी पठाउन कांगेसको निर्देशन

  • मिडिया डबली
  • शुक्रवार, चैत्र १८ २०७८

  • 4.6K
    SHARES

  • चैत २२ गतेभित्रै स्थानीय तहका उम्मेदवारको नाम सिफारिस गरी पठाउन कांगेसको निर्देशन

    काठमाडौँ - नेपाली कांग्रेसले आगामी चैत २२ गतेभित्रै स्थानीय तहका पार्टीका तर्फबाट उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन गरेको छ ।

    कांग्रेसले ७७ वटै जिल्लामार्फत् सात सय ५३ वटै स्थानीय तहमा परिपत्र गर्दै चैत २२ गतेभित्र वडा, गाउँपालिका र नगरपालिकामा पार्टीका तर्फबाट उम्मेदवारहरूको नाम सिफारिस गरी पठाउन निर्देशन दिएको हो ।

    कांग्रेसको विधानले वडाका विभिन्न पदका उम्मेदवारको नाम वडा कार्यसमिति र गाउँपालिका–नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवार सम्बन्धित गाउँ–नगर कार्यसमितिबाट सर्वसम्मत भए एकजना, सर्वसम्मत नभए एक पदमा एक महिलासहित तीनजनाको नाम समावेश गरी सिफारिस गरेर पठाउनुपर्ने व्यवस्था गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

    कांग्रेसले चैत्र २० गते वडा कार्यसमितिको बैठक राख्न र २१ गते वडाका उम्मेदवारको नाम माथिल्लो तहमा सिफारिस गरी पठाउन निर्देशन गरेको छ । त्यस्तै, चैत्र २२ गते पालिका तहमा बैठक बस्नेछ ।

    बैठकले पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार सिफारिस गर्नेछ भने वडा कार्यसमितिको सिफारिस बमोजिमका उम्मेदवारका विषयमा राय राखेर प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा सिफारिस गरी पठाउनेछ ।

    प्रदेशले प्रतिनिधिसभा क्षेत्रीय समितिलाई र प्रतिनिधिसभा क्षेत्रीय समितिले जिल्ला कार्यसमिति हुँदै प्रदेश कार्यसमितिसम्म उम्मेदवारहरूको सिफारिस गर्ने व्यवस्था छ ।

    वडाध्यक्षसहित वडाका उम्मेदवारको चयन प्रतिनिधिसभा क्षेत्रीय संसदीय समितिले टुंगो लगाउनेछ भने गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार जिल्ला संसदीय समितिले टुंगो लगाउनेछ ।

    नगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार भने प्रदेश संसदीय समितिले टुंग्याउने विधानले व्यवस्था गरेको छ । यसरी विधानअनुसार क्रमशः तल्ला तहबाट माथिल्लो तहमा उम्मेदवारको नाम सिफारिस भइ आउने व्यवस्था छ ।

    जसअनुसार चैत्र २३ गते पालिका तहले प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई सिफारिस गर्नेछ भने चैत्र २४ गते प्रदेश क्षेत्रीय कार्यसमितिको बैठक बसेर रायसहित चैत्र २५ गते प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई सिफारिस गरी पठाउनेछ ।

    वडा, पालिका र प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सिफारिस बमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले संसदीय समितिमार्फत् वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवारको टुंगो लगाउने महतले बताए ।

    प्रतिनिधिसभा क्षेत्रीय समितिले चैत्र २६ गते बैठक बसेर आफ्नो क्षेत्रका पालिकाको प्रमुख र उपप्रमुखका उम्मेदवारबारे रायसहित जिल्ला कार्यसमितिलाई लेखी सिफारिस गर्नेछ ।

    जिल्ला कार्यसमितिले चैत्र २८ गते बैठक बस्ने र २९ गते प्रदेश कार्यसमितिलाई सिफारिस गर्ने कांग्रेसको परिपत्रमा उल्लेख छ । त्यस्तै, चैत्र ३० गते सातै प्रदेश कार्यसमितिको बैठक बस्ने र बैशाख १ गते उम्मेदवारको नामावली तय गरी केन्द्रलाई लेखी पठाउन निर्देशन छ ।

    महानगरपालिकाको हकमा भने महानगर कार्यसमितिको सिफारिसमा प्रदेश कार्यसमितिको राय लिएर केन्द्रीय संसदीय समितिले उम्मेदवारको टुंगो लगाउने महतको भनाइ छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend