बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

चुनावको मुखमा एमालेमा ‘१० भाइ’ को छैन अत्तोपत्तो, ओलीले नवप्रवेशीलाई मात्र टिकट दिने

चुनावको मुखमा एमालेमा ‘१० भाइ’ को छैन अत्तोपत्तो, ओलीले नवप्रवेशीलाई मात्र टिकट दिने

  • मिडिया डबली
  • शुक्रवार, चैत्र १८ २०७८

  • 5.5K
    SHARES

  • चुनावको मुखमा एमालेमा ‘१० भाइ’ को छैन अत्तोपत्तो, ओलीले नवप्रवेशीलाई मात्र टिकट दिने

    काठमाडौं - स्थानीय तहको निर्वाचन आउन अब ४५ दिन पनि बाँकी छैन । सबै दल निर्वाचन अभियानमा लागेका छन् ।

    नेपाली कांग्रेसले आफ्ना सबै केन्द्रीय सदस्यलाई चुनावी अभियानमा खटाएको छ । तर, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी भने शीर्ष नेतामै भर परेको छ । अझ एमाले र माओवादी केन्द्र त अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डमै भर परेको छ ।

    अहिले ओली र प्रचण्ड देशव्यापी रूपमा खटिएका छन् । ओली र प्रचण्डलाई अरु नेताले भोट बढाउँछन् भन्ने विश्वास छैन । दुवै दलमा नेताहरू अदलबदल भएकाले पनि उनीहरू अरुसँग भर नपरेका हुन् ।

    एमाले विभाजन भएको छ भने माओवादी केन्द्रका नेताहरू अधिकांश अहिले एमालेमा प्रवेश गरिरहेका छन् । त्यही भएर यी ओली र प्रचण्ड एकअर्काविरुद्ध गालीगलौजमा उत्रेका छन् ।

    एमाले आन्तरिक रूपमा आफूलाई बलियो भएको दम्भ पालेर बसिरहेको छ । त्यही भएर ओलीलाई ‘वान मेन शो’ को ढंगले अघि बढाएको छ ।

    ओली अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशतिर चुनावी अभियानमा केन्द्रित भएका छन् । तर उनले अरुलाई मौका दिएका छैनन् ।

    एमालेमा सबैभन्दा बिजोग त हिजो आफूलाई ‘१० भाइ’ भन्नेको भएको छ । भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसाल, रघुजी पन्तलगायत को कता छन् भन्ने अत्तोपत्तो छैन ।

    उनीहरू अहिले चुनावी अभियानबाटै बेपत्ता भएका छन् । अहिले एमालेमा निरंकुश शासन चलेको छ । ओलीले जे बोल्छन् त्यही मात्र हुन्छ ।

    चुनावको मुखमा विरोध गरौं भोलि टिकट नपाइएला भन्ने पिरले पनि एमालेका युवा नेताहरू मौन बसेका हुन् । ओली अहिले अरु दलका नेता र जनप्रतिनिधिलाई पार्टी प्रवेश गराएर उनीहरूलाई नै चुनावमा टिकट दिने मनस्थितिमा छन् ।

    त्यही भएर अहिले एमालेमा भित्रभित्रै उकुसमुकुस हुनेको संख्या बढ्दो क्रममा छ । पार्टीलाई जिताउने नाममा ओलीले माओवादी केन्द्र, जसपा, लोसपाबाट आएकालाई टिकट दिने तयारी गरेपछि एमालेमा २०औं वर्षसम्म राजनीति गर्ने नेता कार्यकर्ता असन्तुष्ट भएका हुन् । यसको असर आगामी निर्वाचनमा देखिने बताइन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend