शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

दीर्घरोगीलाई मासिक पाँच हजार भत्ता दिने सरकारको निर्णयपछि देशभर खुसियाली

दीर्घरोगीलाई मासिक पाँच हजार भत्ता दिने सरकारको निर्णयपछि देशभर खुसियाली

  • मिडिया डबली
  • बिहिवार, चैत्र १७ २०७८

  • 24.6K
    SHARES

  • दीर्घरोगीलाई मासिक पाँच हजार भत्ता दिने सरकारको निर्णयपछि देशभर खुसियाली

    काठमाडौं - सरकारी तथ्यांकअनुसार देशभर मिर्गौला रोगी ३४ हजार नौ ३० छन् । यीमध्ये सूचीकृत अस्पतालमा नौ हजार ६ सय पाँचजनाले निःशुल्क डायलाइसिस गराइरहेका छन् भने ७६ ले प्रत्यारोपण गराएका छन् ।

    निजी स्वास्थ्य संस्थामा डायलाइसिस गराइरहेका र प्रत्यारोपण गराएकाको यकिन संख्या सरकारसँग नै छैन । क्यान्सरका १६ हजार पाँच सय ५० मध्ये ११ हजार पाँच सय तीनजनाले विपन्न कार्यक्रमबाट सेवा लिएका छन् ।

    यसै कार्यक्रममार्फत मेरुदण्ड पक्षघातका ६ सय १० बिरामीले सेवा लिएका छन् । सरकारले मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि खर्चबापत मासिक पाँच हजार उपलब्ध गराउने भएको छ ।

    मिर्गौला रोगीमध्ये डायलाइसिस गराइरहेका र मिर्गौला प्रत्यारोपण गरेकाले यो रकम पाउँछन् । हाल उपलब्ध गराइरहेको सुविधा पनि कायम रहने गरी औषधिका लागि पाँच हजार दिने निर्णय भएको हो ।

    स्वास्थ्य मन्त्रालयले बुधबार यससम्बन्धी कार्यविधि जारी गर्दै कार्यान्वयनका लागि सबै स्थानीय तहलाई परिपत्र गरेको छ । १३ चैतको मन्त्रिपरिषद् बैठकले यससम्बन्धी निर्णय गरेको थियो ।

    ‘अब मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीले औषधि खर्चबापत मासिक पाँच हजार पाउनेछन्,’ स्वास्थ्य मन्त्रालयले भनेको छ ।

    कांग्रेस नेतृत्वको सरकारको यो निर्णयपछि देशभर खुसियाली छाएको छ । कम्तीमा विपन्न दीर्घरोगीलाई राज्यले हेर्छ भन्ने परेको छ ।

    यसअघि ०७४ मा प्रधानमन्त्री शेरबहादुर देउवा सरकारकै पालामा यी रोगका बिरामीलाई मासिक पाँच हजार औषधि खर्च दिने घोषणा भएको थियो ।

    तर, चार वर्षसम्म कार्यविधि नबन्दा कार्यान्वयन भएको थिएन । सरकारले तोकेका लक्षित बिरामीले मासिक पाँच हजार प्राप्त गर्न चिकित्सकको सिफारिस आवश्यक पर्छ ।

    सम्बन्धित व्यक्तिले उपचार गराइरहेको सिफारिस चिकित्सकले गरिदिएपछि बिरामीले उपचार खर्च माग गरेर सम्बन्धित स्थानीय तहमा निवेदन दिनुपर्छ ।

    यसका लागि राष्ट्रिय परिचयपत्र वा नागरिकता तथा नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पनि पेस गर्नुपर्छ । मेरुदण्ड पक्षघात भएका बिरामीले अपांगतासम्बन्धी प्राप्त गरेको रातो वा नीलो कार्डको प्रतिलिपिसहित निवेदन गर्नुपर्छ ।

    त्यसपछि सरकारले तोकेको मासिक पाँच हजार रुपैयाँका दरले त्रैमासिक रूपमा महिनाको अन्तिम दिन स्थानीय तहले लाभग्राहीको बैंक खातामा जम्मा गरिदिनेछ ।

    सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संस्थाबाट रोजगारी/निवृत्तिभरण वा विदेशी सरकारबाट रोजगारी÷पेन्सन प्राप्त गरिरहेको व्यक्तिले यो सुविधा पाउनेछैन ।

    त्यस्तै, सरकारले उपलब्ध गराउँदै आएको ज्येष्ठ नागरिक, एकल महिला, दलित, पिछडिएको वा अपांगता भत्ता पाइरहेकाले दोहोरो भत्ता पाउनेछैनन् ।

    पाँच हजार उपचार खर्च लिन अर्को खाइपाइ आएको भत्ता छाड्नुपर्ने हुन्छ । साथै, एकभन्दा बढी रोग लागेका व्यक्तिले दोहोरिने गरी यस किसिमको भत्ता पाउनेछैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend