शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

वीरगञ्ज महानगरपालिकामा तालमेल नगरे पनि कांग्रेसले सजिलै चुनाव जित्ने, यी हुन मेयरका दाबेदार

वीरगञ्ज महानगरपालिकामा तालमेल नगरे पनि कांग्रेसले सजिलै चुनाव जित्ने, यी हुन मेयरका दाबेदार

  • मिडिया डबली
  • बुधवार, चैत्र १६ २०७८

  • 9.0K
    SHARES

  • वीरगञ्ज महानगरपालिकामा तालमेल नगरे पनि कांग्रेसले सजिलै चुनाव जित्ने, यी हुन मेयरका दाबेदार

    वीरगन्ज - वीरगन्ज महानगरपालिका मधेस प्रदेशको एक मात्र महानगर हो । वीरगन्जलाई देशकै प्रवेश द्वार मानिन्छ ।

    नेपाल भारतको मुख्य व्यापार यही नाकाबाट हुने भएकाले पनि वीरगन्ज जहिल्यै चर्चामा आउँछ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै वीरगन्ज महानगरपालिकामा कसले बाजी मार्ला भन्ने चौतर्फी चासो देखिएको छ ।

    गत निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमका विजय सरावगी मेयरमा निर्वाचित भएका थिए । उनले अहिले टिकटकै लागि एमाले रोजिसकेका छन् ।

    २०७४ को नतिजा हेर्दा माओवादी केन्द्र र एमाले प्रतिस्पर्धामै आउने देखिँदैन। त्यसैले पनि एमालेले सरावगीलाई मेयरको टिकटको लोभ देखाएर भित्र्याएको हो ।

    वीरगञ्ज महानगरपालिकामा यसपटक कांग्रेस, जसपा र लोकतान्त्रिक समाजवादीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ। लोसपाले अहिलेसम्म उपयुक्त उम्मेदवार भेटाएको छैन ।

    लोसपाका राजेशमान सिंह मेयरकै टिकट पाउने आशमा जसपामा प्रवेश गरिसकेका छन् । यसपटक तालमेल नगरे पनि वीरगन्जमा नेपाली कांग्रेसले चुनाव जित्ने देखिन्छ ।

    गत निर्वाचनमा वीरगञ्जको मेयरमा तत्कालीन संघीय समाजवादी फोरमका विजय सरावगी १९ हजार ३९३ मत ल्याएर विजयी भएका थिए।

    उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अजय द्विवेदीले १९ हजार १९७ मत ल्याएका थिए। उपमेयरमा कांग्रेसकी शान्ति कार्की १९ हजार ६०७ मत ल्याएर विजयी भएकी थिइन् भने संघीय समाजवादी फोरमकी पिंकी यादवले १८ हजार ५३० मत ल्याएकी थिइन्।

    तत्कालीन राजपा का उम्मेदवार राजेशमान सिंहले मेयरमा १२ हजार १६५ मत ल्याएका थिए भने उपमेयरका उम्मेदवार रम्भा मिश्रले १० हजार ६६३ मत ल्याएकी थिइन।

    सरावगी अहिले एमाले प्रवेश गरेकाले त्यसको असर जसपाले बेहोर्नुपर्ने हुन सक्छ। यसअघिको निर्वाचनमा कांग्रेससँग जसपाको मतान्तर १९६ मात्र थियो। यस्तो कडा प्रतिष्पर्धा भएको अवस्थामा यसपटक जसपा एक्लैले मेयर जित्न कठिन छ।

    त्यस्तो अवस्थामा जसपाले गठबन्धनमा सहभागी दलको मत नपाए मेयर जित्न गाह्रो छ। यस्तो अवस्थामा जसपाले मेयर आफ्नो पोल्टामा पार्न गठबन्धन गर्नैपर्ने हुन्छ।

    तर कांग्रेसलाई भने कसैसँग तालमेल गर्नुपर्ने अवस्था छैन । किनभने एमाले विभाजन, माओवादी संगठन धराशयी, जसपामा विभाजन आदि कारणले पनि वीरगन्जमा कांग्रेसलाई सहज छ ।

    यसपटक कांग्रेसले नेता अजय द्विवेदी, कञ्चन झा जस्ता लोकप्रिय नेतालाई मेयरमा उम्मेदवार बनाउने तयारी गरेको छ । यदि जसपाले तालमेल गर्दा वीरगन्जमा दाबेदार गरेन भने कांग्रेसले सजिलै मेयरसहित बहुमत जनप्रतिनिधि जित्ने आकलन गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend