शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

एमालेको गढ मानिने रुपन्देहीमा कांग्रेसले कब्जा गर्ने, बिष्णु पौडेलको जमानत जफत हुने !

एमालेको गढ मानिने रुपन्देहीमा कांग्रेसले कब्जा गर्ने, बिष्णु पौडेलको जमानत जफत हुने !

  • मिडिया डबली
  • सोमवार, चैत्र १४ २०७८

  • 6.1K
    SHARES

  • एमालेको गढ मानिने रुपन्देहीमा कांग्रेसले कब्जा गर्ने, बिष्णु पौडेलको जमानत जफत हुने !

    काठमाडौं - रुपन्देही एमालेको गढ भएको जिल्ला मानिन्छ । विष्णु पौडेल, घनश्याम भुसाल, छविलाल विश्वकर्मा जस्ता एमाले नेताले रुपन्देहीबाट सांसदमा जितेका छन् । जिल्लामा १६ स्थानीय तह छन् ।

    बुटवल उपमहानगरपालिकापछि देवदह नगरपालिका जिल्लाको चर्चित स्थानीय तह हो । २०७४ सालको स्थानीय तह निर्वाचनमा देवदह नगरपालिका प्रमुखमा कांग्रेसका हीराबहादुर खत्री विजयी भएका थिए ।

    १२ वडामध्ये नौवटा वडामा एमालेका वडाध्यक्षविजयी भएका थिए । उपमप्रमुखमा एमालेकी विद्यालक्ष्मी गुरुङ विजयी भएकी थिइन् । एमालेले निलकण्ठ पौडेललाई मेयरको उम्मेदवार बनाएको थियो ।

    तर उनको उम्मेदवारी फिर्तापछि टीकाराम चापागाई उम्मेदवार बने । यतिबेला निलकण्ठ पौडेल एकीकृत समाजवादीमा लागेका छन्।

    यसकारण पनि एमालेलाई देवदहको सत्ता सञ्चालनमा फलामको च्युरा सावित हुने देखिएको छ । वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा देवदह नगरपालिकामा कांग्रेसबाट वर्तमान मेयर हीराबहादुर खत्रीको उम्मेदवारी दोहोरिने सम्भावना बढेको छ ।

    देउवा प्यानलका उनी रुपन्देही क्षेत्र नम्बर १ का क्षेत्रीय सभापतिसमेत रहेका खत्रीलाई गृहमन्त्री बालकृष्ण खाँणको दह्रो साथ छ । एमालेबाट देवदहमा कसले मेयरको टिकट पाउला भन्ने चासो छ ।

    नगर प्रमुखमा प्रदेश कमिटीका सदस्य ध्रुव खरेल, टीकाराम चापागाई र वर्तमान नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङको चर्चा छ । नेकपा रहँदा देवदह नगरको पार्टी अध्यक्ष रहेका प्रकाश अर्याल मेयरको लाइनमा छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend