काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठक जारी छ । बैठकमा नेताहरूले आगामी चुनावमा कसरी जाने भन्ने विषयमा आ–आफ्नो धारणा सार्वजनिक गरिरहेका छन् ।
प्रदेश सभापतिहरूले आ–आफ्नो प्रदेशमा कांग्रेसको सांगठनिक संरचनाबारे ब्रिफिङ गरिरहेका छन् । यसैक्रममा कांग्रेस केन्द्रीय सदस्य प्रकाश स्नेहीले भने अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् ।
व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको र सुधारको प्रयास नभएकोले अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका हुन् ।
यसअघि शुक्रबार पहिलो दिन पनि मुलुकको अर्थतन्त्र ओरालो लाग्दै गरेको र तत्काल ‘सुधारको कदम’ आवश्यक रहेको प्रसंगले बैठकमा प्रवेश पाएको थियो । त्यसपछि कार्यशैली निम्छरो भएका मन्त्रीबारे नेताहरूले आफ्ना धारणा राखिरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।