शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

दोलखामा कम्युनिस्ट नेता कार्यकर्ता कांग्रेस प्रवेश गर्नेको लर्को, महामन्त्री शर्माले गरे भब्य स्वागत

दोलखामा कम्युनिस्ट नेता कार्यकर्ता कांग्रेस प्रवेश गर्नेको लर्को, महामन्त्री शर्माले गरे भब्य स्वागत

  • मिडिया डबली
  • आइतवार, चैत्र १३ २०७८

  • 5.4K
    SHARES

  • दोलखामा कम्युनिस्ट नेता कार्यकर्ता कांग्रेस प्रवेश गर्नेको लर्को, महामन्त्री शर्माले गरे भब्य स्वागत

    काठमाडौं - दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर १ दूधपोखरीका नेकपा एमाले सहितका विभिन्न कम्युनिष्ट पार्टीमा क्रियाशील रहेका चार दर्जन नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    शनिबार दिउँसो नेपाली कांग्रेस सैलुङ वडा नम्बर १ दूधपोखरी काठमाडौं सम्पर्क समिति गठन तथा अन्तरक्रिया कार्यक्रममा उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

    उनीहरुलाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियार तथा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले संयुक्त रुपमा पार्टी प्रवेश गराएका हुन् ।

    पार्टीमा उचित स्थान दिने भन्दै नवप्रवेशीहरुलाई खादा, माला र अवीर लगाएर स्वागत गरिएको हो । नवप्रवेशीहरुले लामो समयदेखि गढको रुपमा रहेको कम्युनिष्टको पञ्जाबाट सधैका लागि मुक्त गराउन कांग्रेसलाई जिताएर लोकतान्त्रिक दोलखा बनाउने कसम खाएका छन् ।

    पार्टी प्रवेश गर्नेहरुमा प्रयास मोक्तान, सिंगलाल घिसिङ, राजकुमार घिसिङ, प्रतिक घिसिङ लगायतका युवाहरु रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend