शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

पोखरा विमानस्थल के चीनले बनाइदिएको हो, किन डबल स्ट्यान्डर्ड ?

पोखरा विमानस्थल के चीनले बनाइदिएको हो, किन डबल स्ट्यान्डर्ड ?

  • मिडिया डबली
  • आइतवार, चैत्र १३ २०७८

  • 4.9K
    SHARES

  • पोखरा विमानस्थल के चीनले बनाइदिएको हो, किन डबल स्ट्यान्डर्ड ?

     काठमाडौं - नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले शनिबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरे ।

    अहिलेसम्म ९३ प्रतिशत मात्र निर्माण पूरा भएको आयोजना अधुरै हुँदै चीनले नेपाललाई हस्तान्तरण गरेको हो । तर, अहिले सो विमानस्थल नेपालले बनाएको हो कि चीनले आफैंले बनाएको हो ? भन्ने विषयमा बहस सुरु भएको छ ।

    पोखरा विमानस्थल नेपालले ऋण लिएर बनाएको आयोजना हो । यो सस्तो ऋण पनि होइन । नेपालले अहिलेसम्म लिएका ऋणमा सबैभन्दा चर्कोमध्येको एक ऋण हो यो ।

    ऋणको सर्तअनुसार चिनियाँ ठेकेदारलाई नै बनाउन दिइएको हो । चीनले दिएको ऋण सहयोगमा नेपालले बनाएकाले यसमा चीनले किन दोहोरो मापदण्ड देखाएको हो भन्ने विषयमा अहिले राजनीति तातेको छ । कुनै प्रोजेक्ट बनेर, त्यसको गुणस्तर परीक्षण भएर र प्रयोगयोग्य छ भन्ने स्थापित भएपछि बल्ल पो हस्तान्तरण हुनुपर्ने हो ।

    बन्दै नबनी केको हस्तान्तरण ? त्यो पनि कम्पनीले पो विवरणसहित हस्तान्तरण गर्ने हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार अहिलेसम्म विमानस्थलको ९३ प्रतिशत काम सकिएको छ।

    उनका अनुसार विमानस्थल निर्माणको बाँकी रहेको ७ प्रतिशत काममा डेकोरेसन, फिनिसिङलगायतका काम छन्। विमानस्थलको रनवे, विमानस्थल पार्किङ, ट्याक्सी पार्किङ, एप्रोन, ह्याङ्गर, टर्मिनल भवन, ट्रान्सफर्मर लगायतका १४ वटा भवनको निर्माण काम यसअघि नै सकिएको हो।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवन हुँदै सोझै जहाजभित्र जाने विमान पुल (प्यासेन्जर बोडिङ ब्रिज) एउटा जडान भइसकेको छ भने अर्को जडान गर्न बाँकी रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

    गएको जुलाई १० मै निर्माणको काम सकेर हस्तान्तरण गर्ने भनिएकामा कोरोना सङ्क्रमणका कारण एक वर्षपछि सरेको हो।

    उक्त विमानस्थलमा आगामी वैशाखदेखि परीक्षण उडान गर्ने लक्ष्य राखिएको छ। यस विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend