काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भारत भ्रमणमा जाने भएका छन् ।
प्रधानमन्त्री देउवाको भारत भ्रमणबारे बिहीबारै परराष्ट्र मन्त्रालयले औपचारिक निर्णय गर्ने बताइएको छ । देउवा आगामी चैत १८ देखि २० गतेसम्म भारत भ्रमणमा जाने तयारी गरेका छन् ।
प्रधानमन्त्री देउवाको भ्रमणको एजेन्डाबारे छलफल गर्न आजै नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले दुई मन्त्रीलाई भेटेका छन् । उनले गृहमन्त्री बालकृष्ण खाँण र ऊर्जामन्त्री पम्फा भुसालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
भारत भ्रमणमा सुरक्षा, ऊर्जा, पूर्वाधार विकासबारे छलफल हुने बुझिएको छ । नेपालमा चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमण सकिएलगत्तै देउवाको भारत भ्रमण हुँदैछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।