शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

यसरी छान्दैछ कांग्रेसले स्थानीय तहका उम्मेदवार

यसरी छान्दैछ कांग्रेसले स्थानीय तहका उम्मेदवार

  • मिडिया डबली
  • मंगलवार, चैत्र ८ २०७८

  • 9.1K
    SHARES

  • यसरी छान्दैछ कांग्रेसले स्थानीय तहका उम्मेदवार
    फाइल तस्वीर

    काठमाडौं - आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छान्न नेपाली कांग्रेसले चार तहको संसदीय समिति बनाउने भएको छ ।

    विधानअनुसार समिति बनाएर कांग्रेसले उम्मेदवार छनोट गर्न लागेको हो । प्रतिनिधिसभा, जिल्ला, प्रदेश र केन्द्रीय संसदीय समिति रहने कांग्रेस विधानमा छ ।

    पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय संसदीय समिति गठनबारे निर्णय गर्न ११ चैतमा केन्द्रीय कार्यसमिति बैठक बस्दै छ ।

    कांग्रेस विधानको दफा ३१ मा संसदीय समितिसम्बन्धी व्यवस्था छ । दफा ३१ (१) मा संघीय संसद्, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयन गर्न विभिन्न तहमा संसदीय समिति गठन गर्न सकिने उल्लेख छ ।

    जसअनुसार वडाध्यक्ष तथा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष र नगरपालिका, उप–महानगरपालिका र महानगरपालिका प्रमुख र उप–प्रमुखको उम्मेदवारको टुंगो लगाउने अधिकार फरक–फरक संसदीय समितिलाई दिइएको छ ।

    कांग्रेसले १४औँ महाधिवेशनपछि कुनै पनि तहको संसदीय समिति भने बनाएको छैन । विधानले महानगरपालिकाबाहेकका स्थानीय तहको उम्मेदवार छनोटको अधिकार केन्द्रलाई दिएको छैन ।

    विधानको दफा ३२ (१) मा गाउँ, नगर वडाका अध्यक्ष र सदस्यको उम्मेदवारीबारे व्यवस्था छ । जसमा वडा कार्यसमितिले उम्मेदवारको सिफारिस गर्ने, प्रतिनिधिसभा संसदीय समितिले निर्णय गर्ने र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिबाट अनुमोदन गर्ने व्यवस्था छ ।

    गाउँपालिका अध्यक्ष र उपाध्यक्षको सम्बन्धमा गाउँपालिका कार्यसमितिले सिफारिस गर्ने, जिल्ला संसदीय समितिले निर्णय गर्ने र जिल्ला कार्यसमितिबाट अनुमोदन गर्ने व्यवस्था छ ।

    त्यस्तै, नगरपालिका र उपमहानगरपालिका प्रमुख र उप–प्रमुखको सम्बन्धमा नगरपालिका र उपमहानगरपालिका कार्यसमितिले नाम सिफारिस गर्ने, प्रदेश संसदीय समितिले निर्णय लिने र प्रदेश कार्यसमितिबाट अनुमोदन गराउनुपर्ने हुन्छ ।

    महानगरपालिका प्रमुख र उप–प्रमुखको उम्मेदवारीको हकमा भने महानगरपालिका कार्यसमितिले सिफारिस गर्ने, केन्द्रीय संसदीय समितिले निर्णय लिने र केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गर्ने व्यवस्था गरेको छ ।

    केही दिनअघि कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले सकेसम्म चाँडै स्थानीय निर्वाचनसम्बन्धी घोषणापत्र सार्वजनिक गर्ने बताइसकेका छन् ।

    उनले स्थानीय निर्वाचनमा जहाँ जो उठाउँदा बढी मत आउँछ र जित्ने सम्भावना हुन्छ उसैलाई टिकट दिने नीति कांग्रेसले लिएको बताइसकेका छन् ।

    अब उम्मेदवारी दर्ताको समय एक महिना पनि बाँकी नरहेकाले कांग्रेसले चैत मसान्तभित्र सात सय ५३ वटै स्थानीय तहबाट रिपोर्ट प्राप्त गरेर छलफलपछि उम्मेदवार तय गर्ने नेताहरूले बताएका छन् ।

    गठबन्धनमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपासँग स्थानीय तहमै तालमेल गरेर निर्वाचनमा जाने कि एक्लै जाने भन्ने निर्णय कांग्रेसले अहिलेसम्म लिन सकेको छैन । कांग्रेसमा बहुमत पक्ष एक्लै चुनावमा जानुपर्ने पक्षमा देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend