शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

एमालेको किल्ला भत्काउन चार राजनीतिक दल एकठाउँमा, क्लीन स्वीप हान्ने तयारी

एमालेको किल्ला भत्काउन चार राजनीतिक दल एकठाउँमा, क्लीन स्वीप हान्ने तयारी

  • मिडिया डबली
  • सोमवार, चैत्र ७ २०७८

  • 5.8K
    SHARES

  • एमालेको किल्ला भत्काउन चार राजनीतिक दल एकठाउँमा, क्लीन स्वीप हान्ने तयारी

    धनकुटा - अघिल्लो स्थानीय तह निर्वाचनमा जिल्लाका सबै स्थानीय तहमा क्लीन स्वीप गरेको नेकपा एमालेको गढ भक्ताउन यसपटक धनकुटामा क्रियाशील सत्ता गठबन्धनमा आबद्ध चार राजनीतिक दल एकठाउँमा उभिएका छन् ।

    नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टीले सोमबार संयुक्त पत्रकार सम्मेलनमार्फत सातैवटा स्थानीय तहमा गठबन्धन गरेर जाने बताएका हुन् ।

    कांग्रेस सभापति दिनेश राई, माओवादी संयोजक डिल्लीराम राई, नेकपा एसका अध्यक्ष अर्जुन राई र जसपाका अध्यक्ष बलबहादुर राईले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा आगामी वैशाख ३० गते हुने निर्वाचनमा उच्च राजनीतिक संस्कारसहित चुनावी सहकार्यमा जाने बताएका छन्।

    चारवटै दलले आ-आफ्ना सांगठनिक संरचनाहरुलाई स्थानीयस्तरमा गठबन्धनको बैठक, भेलाको आयोजना गरी चुनावी अभियानमा लाग्न निर्देशन दिएका छन् । 

    dhankuta.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend