शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

ओलीमा के बोलें भन्ने हेक्कासमेत हुन छाड्यो, देउवाबारे दिएको विवादास्पद अभिव्यक्तिको चौतर्फी विरोध

ओलीमा के बोलें भन्ने हेक्कासमेत हुन छाड्यो, देउवाबारे दिएको विवादास्पद अभिव्यक्तिको चौतर्फी विरोध

  • मिडिया डबली
  • आइतवार, चैत्र ६ २०७८

  • 13.9K
    SHARES

  • ओलीमा के बोलें भन्ने हेक्कासमेत हुन छाड्यो, देउवाबारे दिएको विवादास्पद अभिव्यक्तिको चौतर्फी विरोध

    काठमाडौं - एमाले अध्यक्ष केपी ओलीलाई पछिल्लो समय के बोलें, के बोल्न हुने नहुने केही थाहा पत्तो नहुने देखिएको छ ।

    करिब १५ वर्षदेखि मिर्गौलासम्बन्धी औषधि सेवन गरिरहेका ओली मानसिक रूपमा पनि सशक्त छैनन् । उनी आफैंलाई पनि प्रतिरोध क्षमता कम भएको स्वीकार्छन् ।

    देशको दुई दुईपटक प्रधानमन्त्री भइसकेका व्यक्तिले अरुबारे बोल्दा हेक्का राख्नुपर्ने हो । तर, ओलीको पछिल्लो केही समययताका अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भइरहेको छ ।

    शनिबार मात्र ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाबारे अन्टसन्ट बोले । सत्तारुढ गठबन्धनबारे नानाथरी अभिव्यक्ति दिए । उनका भाषण सुन्ने जोकोही पनि इरिटेड भएको देखिएको छ ।

    ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा ज्येष्ठ नागरिक भएकाले एमालेको चुनाव चिन्ह सूर्यमा भोट हाल्नुपर्ने जिकिर गरे । देशको प्रधानमन्त्री, मुलुककै सबैभन्दा पुरानो पार्टीको सभापति जस्तो नेतालाई ओलीले देउवाले सूर्यमा भोट हाल्नुपर्छ भन्नु मानसिक रूपमा उनी कति कमजोर रहेछन् भन्ने पुष्टि हुन्छ ।

    ओलीमा सूर्य चुनाव चिन्हप्रति कति अहंकार रहेछ भन्ने यसले पनि देखाउँछ । ओली आफैं पनि बयोवृद्ध नेता हुन् । उनी पनि ७० वर्ष लागेका छन् । आफ्नो पार्टी सभापतिविरुद्ध ओलीले अन्टसन्ट बोलेलगत्तै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले शनिबार नै प्रतिवाद गरे । शर्माले यदि माक्र्स र लेनिन अहिलेसम्म बाँचेको भए कांग्रेसलाई भोट दिन्थे भनेर ओलीलाई चुनौती नै दिनुपरेको छ ।

    जति जति चुनाव नजिकिँदै छ, ओलीमा छटपटाहट पनि बढ्दो छ । यदि सत्तारुढ गठबन्धन चुनावसम्म कायम भएमा आफ्नो पार्टीले लज्जास्पद पराजय बेहोर्नुपर्ने भय ओलीमा देखिएको छ ।

    पछिल्लो समय कांग्रेस सभापति देउवाले गठबन्धनविरुद्ध नबोल्न आफ्ना पार्टीका नेतालाई निर्देशन दिएपछि ओली उनीविरुद्ध खनिएका हुन् । ओली जसरी भए पनि चुनावमा गठबन्धन नहोस् भन्ने पक्षमा देखिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend