बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

एमालेले ७० प्रतिशत स्थानीय तह जित्ने ओलीको गफप्रति उनकै नेता कार्यकर्तामा छैन विश्वास

एमालेले ७० प्रतिशत स्थानीय तह जित्ने ओलीको गफप्रति उनकै नेता कार्यकर्तामा छैन विश्वास

  • मिडिया डबली
  • बुधवार, चैत्र २ २०७८

  • 5.4K
    SHARES

  • एमालेले ७० प्रतिशत स्थानीय तह जित्ने ओलीको गफप्रति उनकै नेता कार्यकर्तामा छैन विश्वास

    काठमाडौं - अब स्थानीय तहको निर्वाचन आउन दुई महिना पनि बाँकी छैन । सबै राजनीतिक दल चुनाव केन्द्रित भइसकेका छन् ।

    सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा गाउँगाउँ पुगिसकेका छन् । प्रमुख प्रतिपक्षी दल एमाले पनि चुनावको तयारीमा लागेको छ ।

    तर, पार्टी विभाजन भएको र पार्टी छाड्नेको लहर चलेकाले एमालेमा अझै तातो लागेको छैन । अझै पनि एमालेमा एकता छैन । भीम रावल, घनश्याम भुसाल, भीम आचार्यलगायतका नेतालाई कर्नर पार्ने क्रम रोकिएको छैन ।

    आफैंमा विभाजित भएका बेला एमाले अध्यक्ष केपी ओलीले आगामी स्थानीय निर्वाचनमा एमाले एक्लैले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने दाबी गरेका छन् ।

    मंगलबार पार्टी निकट अनेमसंघको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन् । तर, ओलीको यो दाबीप्रति उनकै पार्टीका नेता कार्यकर्तामा भरोसा देखिएको छैन ।

    एमालेमा सैद्धान्तिक चेत भएका र संगठन बनाउन सक्ने हजारौं नेता कार्यकर्ता बाहिरिएका छन् । माधव नेपाल, झलनाथ खनालले एकीकृत समाजवादी पार्टी खोलेका छन् ।

    आफ्नो पार्टीमा चिरा परेपछि ओली अहिले राप्रपा, जसपा, माओवादी केन्द्रबाट नेता कार्यकर्ता चोर्ने अभियानमा लागेका छन् । तैपनि उनमा अझै दुई तिहाइ ल्याउने अहंकार हटेको छैन ।

    उनले मंगलबार भने, ‘एमालेलाई कसैको बैसाखी टेक्नुपर्छ, ढोडको लौरो टेक्नुपर्छ भन्ने होइन । हामी एक्लै लड्न सक्छौ । हामी ६० देखि ७० प्रतिशत एक्लै जित्न सक्छौ । यति जित्नका लागि अरुको सहारा लिनुपर्दैन ।’

    यतिबेला सत्तारुढ गठबन्धन तोड्न ओली भरमग्दुर प्रयास गरिरहेका छन् । त्यसका लागि उनले कांग्रेसका शेखर कोइराला पक्षका नेताहरूलाई भेटेर मन्त्रणा गरिरहेका छन् ।

    यदि गठबन्धन कायम भएमा एमालेको के हालत हुन्छ, त्यो त जेठ पहिलो साता नै छर्लग हुन्छ । त्यही भएर आफ्नो पार्टी अझै बलियो छ भनेर देखाउन ओलीले ढाँट्न छाडेका छैनन् ।

    तर, अधिकांश एमालेका नेता कार्यकर्ता भने गठबन्धन चुनावसम्मै कायम रहेमा आफ्नो पार्टीले नसोचेको पराजय बेहोर्ने भन्दै चिन्तित देखिन थालेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend