बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

एमालेको दोहोरो चरित्र देखेर कम्युनिस्ट कार्यकर्ता नै लाजले भुतुक्क !

एमालेको दोहोरो चरित्र देखेर कम्युनिस्ट कार्यकर्ता नै लाजले भुतुक्क !

  • मिडिया डबली
  • बुधवार, चैत्र २ २०७८

  • 3.9K
    SHARES

  • एमालेको दोहोरो चरित्र देखेर कम्युनिस्ट कार्यकर्ता नै लाजले भुतुक्क !
    फाइल तस्वीर

    काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमालेले विगत ६ महिनादेखि संसद् अवरोध गरेर कीर्तिमान नै कायम गरेको छ । ०५२ सालमा एमालेले लगातार ५२ दिन प्रतिनिधिसभा अवरोध गरेको थियो ।

    त्यसबेला मनमोहन अधिकारी एमालेका अध्यक्ष र माधवकुमार नेपाल महासचिव थिए । तर, आफ्नै पहिलाको कीर्तिमानलाई एमालेले भंग गरेको छ ।

    एमालेले ६ महिनादेखि संसद् चल्न दिएको छैन । तर, एमाले सांसदहरूले तलबभत्ता भने मज्जाले बुझेका छन् । मंगलबार रातिदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य भइसकेको छ ।

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै अधिवेशन अन्त्य गरेकी हुन् । तर, एमाले अहिले किन एक्कासि संसद् अधिवेशन अन्त्य गरियो भन्दै विरोध गर्न थालेको छ ।

    संसद् चालू हुँदा अवरोध गर्ने, अन्त्य गर्दा विरोध गर्ने एमालेको दोहोरो चरित्र देखेर कम्युनिस्ट कार्यकर्ता नै लाजले भुतुक्क भएका छन्। संघीय संसदको दुवै अधिवेशन अन्त्य गरेको भोलिपल्ट अर्थात् आज एमालेको संसदीय दलको बैठक बस्दैछ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोगलाई लम्ब्याउन संसद अधिवेशन अन्त्य गरिएको आशंका गर्दै त्यसबारे छलफल गर्न एमालेले संसदीय दलको बैठक बोलाएको दलका उपनेता सुवास नेम्वाङले बताएका छन् ।

    उनले सरकारको नियतमाथि शंका देखिएको पनि बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend