काठमाडौं - नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुनः रवि सिंह निर्वाचित भएका छन् । सिंहले सात सय ६५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी निकोलस पाण्डेले तीन सय ३७ मत प्राप्त गरे । अध्यक्षकै अर्का उम्मेदवार हुमनाथ कोइरालाले ३२ मत मात्र पाए ।
वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा विजयी भएका छन् । उपाध्यक्षहरूमा प्रदेश १ बाट मोहनप्रसाद अधिकारी, मधेस प्रदेशबाट शम्भु ठाकुर, वाग्मती प्रदेशबाट बालकृष्ण थापा, लुम्बीनीबाट टोपबहादुर रायमाझी, कर्णालीबाट रत्नबहादुर खड्का र सुदूरपश्चिम प्रदेशबाट प्रकाश सेठी निर्वाचित भएका छन् ।
महासचिवमा रोशन दाहाल, उपमहासचिव नीतिगततर्फ शिवहरि घिमिरे, उपमहासचिव आन्तरिकतर्फ नरहरि थपलिया, कोषाध्यक्ष हिरान श्रेष्ठ र सहकोषाध्यक्षमा सन्तोष शाह विजयी भएका छन् ।
महासंघको पूर्ण समितिमा ५९ सदस्य हुने भए पनि हाल ४६ सदस्यका लागि मात्र निर्वाचन भएको हो । अन्य सदस्यहरू मनोनीत र पदेन हुने निर्वाचन समितिले जनाएको छ । शुक्रबार सुरु महासंघको २३औं साधारणसभामा कम्युनिस्टहरूले उम्मेदवार नै पाएनन् ।
कांग्रेस समर्थित निर्माण व्यवसायीले एकलौटी जित हात पारेका हुन् । त्यसैगरी, नेपाल इन्जिनियर एसोसिएसनको निर्वाचनमा पनि कांग्रेसले क्लिन स्विप गर्ने देखिएको छ ।
सातै प्रदेशमा कांग्रेस समर्थित इन्जिनियर विजयी भएका छन् । चुनावमा कांग्रेसको दुईवटा प्यानल भए पनि हरिबहादुर दर्लामीको प्यानलले क्लिन स्विप गरेको हो । कम्युनिस्टहरू प्रतिस्पर्धामै आउन सकेनन् ।
गत शुक्रबार भएको अधिवेशनमा १० हजारभन्दा बढीले मत हालेका थिए । अब चैत दोस्रो साता नेपाल एसोसिएसनको निर्वाचन हुँदैछ । निर्वाचनमा कांग्रेस समर्थित अधिवक्ता गोपालकृष्ण घिमिरे अध्यक्षका उम्मेदवार बनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।