काठमाडौं - लोकतान्त्रिक देशमा जनताका आधारभूत स्वास्थ्य, शिक्षा सबै राज्यको दायित्वभित्र पर्छ । नेपालमा अहिलेसम्म गरिब तथा विपन्न वर्गका नागरिकले धनीसरह नै स्वास्थ्य, शिक्षा जस्ता आधारभूत सेवा लिँदै आएका छन् ।
जसकारण गरिब तथा विपन्न वर्ग झन् झन् गरिब बन्दै गइरहेका छन् । तर, अबदेखि ५० वर्षभन्दा माथिका नागरिकका लागि सरकारले नै स्वास्थ्य सेवाको दायित्व लिने भएको छ ।
वर्तमान कांग्रेस नेतृत्व सरकारले ५० वर्षभन्दा माथि उमेर पुगेका नागरिकको वर्षको एकपल्ट मिर्गौला, कलेजो, मुटुलगायत रोगको नियमित परीक्षण गर्ने निर्णय गरेको छ।
मन्त्रीपरिषद्को बिहीवार बसेको बैठकले उनीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्न स्वास्थ्य मन्त्रालयले राखेको प्रस्तावलाई स्वीकृत गरेको छ।
शेरबहादुर देउवा नेतृत्वको सरकारको यो निर्णयले देशभरका कांग्रेस नेता कार्यकर्ता र शुभेच्छुक खुसी भएका छन् । देउवा सरकारले २०७४ सालमै सामाजिक सुरक्षा भत्ता ६७ वर्षको उमेरमै दिने निर्णय गरेको थियो । तर, पछि ओली सरकारले त्यो निर्णय खारेज गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।