बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

देउवा र गगनको जोडी जमेकै हो त ?

देउवा र गगनको जोडी जमेकै हो त ?

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण २६ २०७८

  • 11.6K
    SHARES

  • देउवा र गगनको जोडी जमेकै हो त ?

    काठमाडौं - नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा शेरबहादुर देउवा केन्द्रीय कार्यसमितिमा तीनचौथाइ बहुमतसहित सभापतिमा विजयी भएका थिए ।

    पार्टीको केन्द्रीय पदाधिकारीमा उनी र पूर्णबहादुर खड्काबाहेक अरू सबै अनुहार नयाँ थिए । पार्टीको सत्ता र देशको सत्ता अनुभव दुवै सम्हालेका नेता भने धेरै छैनन् । जसमध्ये महामन्त्री गगन थापा मात्र अपवाद हुन् ।

    थापा तीन तीनपटक सांसद भइसकेका छन् । संसदीय समितिको सभापति र मन्त्री भइसकेका छन् । संसद् र सरकार कसरी चलाउन सकिन्छ भन्ने उनमा राम्रो दक्खल छ ।

    उनको यो अनुभव एमसीसीसी पारित गर्ने बेला सफल सिद्ध भयो । यतिबेला सभापति देउवाले गगनलाई संसद र पार्टी दुवैतिर राम्रै भूमिका दिएका छन् ।

    पार्टीका पदाधिकारी बैठक राखेर निर्णय गर्नेदेखि अब कांग्रेसले कस्तो स्ट्यान्ड लिनुपर्छ भन्ने देउवाको धारणा गगनमार्फत आउन थालेका छन् ।

    यसले देउवा र गगनको केमेस्ट्री जम्दै गएको र यसको प्रत्यक्ष लाभ कांग्रेसले आागामी निर्वाचनमा प्राप्त गर्ने नेतृत्वको बुझाई छ । धेरैले देउवा सभापतिमा दोहोरिएपछि पनि महामन्त्रीहरू युवा भएकैले अधिकारी नदिने पो हुन् कि भनेर आशंका गरेका थिए ।

    तर, महाधिवेशको तीन महिनासम्मको मूल्यांकन गर्दा प्रवक्ता मनोनयनबाहेक अन्यमा देउवाले कुनै मनपरी निर्णय गरेका छैनन् । पार्टीका प्रायः सबै सिनियर नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

    अब चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, महेश आचार्य, प्रदीप पौडेल मात्र केन्द्रीय सदस्यमा मनोनीत हुन बाँकी छन् । नत्र कांग्रेसका पुराना सबै अनुहार केन्द्रीय समितिमा रहेका छन् ।

    अहिले गगन थापाले जे बोल्छन्, जे निर्णय गर्छन् त्यो कांग्रेसकै आधिकारिक निर्णय हुन्छ । त्यही भएर अहिले उनी तौलेर मात्र बोलिरहेका छन् । एमसीसी अनुमोदन गर्ने बेला उनले निभाएको भूमिकाको अहिले चौतर्फी प्रशंसा भइरहेको छ ।

    अब कांग्रेसले गगन थापाले काठमाडौं ४ मा निर्वाचनमा गरेको खर्चको मापदण्ड र शैलीलाई अपनत्व गर्ने चर्चा चलेको छ । चुस्त र छरितो टिम खडा गरेर गगनले चुनाव जितेका थिए ।

    जसकारण खर्च पनि कम भएको थियो । अब उनकै मोडेल कांग्रेसले अबको निर्वाचनमा अनुशरण गर्ने बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend