काठमाडौं - केही दिनयता देशभर नेपाली कांग्रेस प्रवेश गर्नेको लहर चलेको छ । दैनिकजसो विभिन्न पार्टी छाडी कांग्रेस प्रवेश गर्ने क्रम बढ्दो छ ।
यसैक्रममा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
क्षेत्रीसहित एमाले सिन्धुपाल्चोकका जिल्ला सदस्य कृष्ण क्षेत्री, एमाले नेता विष्णु तिमल्सिनासहित दर्जनौं नेता कार्यकर्तालाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बिहान पार्टी कार्यालय सानेपामा पार्टी सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन् ।
सो अवसरमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलगायत उपस्थित थिए ।
नेता बस्नेतकै विशेष सक्रियतामा दर्जनौं एमाले जिल्ला नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् । क्षेत्री समूहको कांग्रेस प्रवेशले एमाले सिन्धुपाल्चोकलाई ठूलो धक्का लागेको छ ।



मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।