शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेस अधिवेशनः कुन जिल्लामा कसको वर्चश्व ?

कांग्रेस अधिवेशनः कुन जिल्लामा कसको वर्चश्व ?

  • मिडिया डबली
  • आइतवार, फाल्गुण २२ २०७८

  • 5.0K
    SHARES

  • कांग्रेस अधिवेशनः कुन जिल्लामा कसको वर्चश्व ?

    काठमडौं - विवादका कारण नेपाली कांगे्रसको बारा, रौतहट र सर्लाही जिल्ला अधिवेशन रोकिएको छ । क्रियाशील सदस्यता विवादका कारण १६ जिल्लाको अधिवेशन रोकेर कांग्रेसले पार्टीको १४औँ महाधिवेशन सम्पन्न गरेको थियो ।

    रोकिएका १६ जिल्लाको अधिवेशनअन्तर्गत सातवटा जिल्लाको अधिवेशन सम्पन्न भएको छ । तीनवटा जिल्लामा धेरै विवाद भएको छ भने अन्य जिल्लाको अधिवेशन पनि हुँदैछ ।

    चितवन, सिन्धुली, कैलाली, नवलपुर, महोत्तरी, पर्सा र बाँके गरी सात जिल्लामा नयाँ नेतृत्व आएको छ । नयाँ नेतृत्वमध्ये अधिकांशमा सभापति शेरबहादुर देउवा पक्षधर चुनिएका छन् ।

    बाँकी जिल्लाहरु पनि अधिवेशनको प्रक्रियामै रहेका नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । मधेस प्रदेशका सबै जिल्ला सप्तरी, धनुषा, सिराहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, मकवानपुर, रसुवा, नवलपुर, बाँके, अछाम, कैलाली, सिन्धुली र सिन्धुपाल्चोकको जिल्ला अधिवेशन रोकिएको थियो ।

    बारामा क्रियाशील सदस्यताको विवादका कारण निर्वाचन प्रक्रिया सुरु भएपछि रोकिएको छ । जिल्लामा प्रमुख निर्वाचन अधिकृत राजनप्रसाद दाहाल नरहेको र सहायक निर्वाचन अधिकृत राजकुमार उप्रेतीले क्रियाशील सदस्यता अनियमितता गरेपछि विवाद सुरु भएको जिल्ला सभापति जयचन्द्र चौरासियाले बताए ।

    जिल्लामै छलफल गरेर विवाद समाधान गरी निर्वाचन गर्ने र विवाद समाधान हुन नसके केन्द्रमा निवेदन दिने तयारी भएको उनको भनाइ छ । यस्तै, रौतहटमा पनि क्रियाशील सदस्यतालगायत अन्य कारणले विवद हुँदा चुनावी प्रक्रिया रोकिएको छ । चुनावअन्तर्गत शनिबार मतदान हुने समयमा विवाद भएपछि मतदान नै रोकिएको छ ।

    रौतहटमा जिल्ला अध्यक्षका लागि संस्थापन समूहबाट सुनील यादव र सस्थापन इतर समूहबाट हृदयनारायण यादवले मनोनयन दर्ता गराएका छन् ।

    विवाद मिलाएर भोलि चुनाव गर्ने तयारी भएको जिल्ला सभापति कृष्णप्रसाद यादवले जानकारी दिए । सर्लाही जिल्लामा पनि चुनावी प्रक्रिया सुरु भएपछि क्रियाशील सदस्यताको कारण विवाद भएको छ ।

    विवाद समाधानको प्रयास भइरहेको सर्लाही कांग्रेसले जनाएको छ । यता अछाममा पहिलो चरणको निर्वाचनमा सभापतिको कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि चुनाव दोस्रो चरणमा धकेलिएको छ ।

    पहिलो चरणमा संस्थापन समूहबाट पुष्प शाह र भरत सुवार तथा संस्थापन इतर समूहबाट राजन कुँवर गरी तीनजना सभापतिका लागि भिड्दा कसैले पनि ५१ प्रतिशत मत ल्याउन सकेनन् ।

    त्यहाँ अब दोस्रो चरणको चुनाव हुँदैछ । पर्सा कांग्रेसको सभापतिमा जनार्दन शर्मा निर्वाचित भएका छन् । उनी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । नवलपुरको जिल्ला सभापति महेन्द्रध्वज जिसी बनेका छन् ।

    जिल्ला सभापतिमा दावी गरेका बालकृष्ण घिमिरेले उपसभापति पदमा मनोनयन दर्ता गराएपछि जिसी सर्वसम्मत रूपमा नवलपुरको सभापति चुनिएका हुन् ।

    नवलपुरमा सभापतिबाहेक अन्यको निर्वाचन हुन बाँकी छ । कैलालीको जिल्ला सभापतिमा नारायण दत्त भट्ट निर्वाचित भएका छन् । उनी सभापति देउवा पक्षधर मान्निछन् ।

    मकवानपुरमा बुद्ध लामा सर्वसम्मत सभापति भएका छन् । उनी पनि सभापति देउवा निकट नै मानिन्छन् । चितवन सभापतिमा राजेश्वर खनाल निर्विरोध निर्वाचित भएका छन् ।

    खनाल नेता शेखर कोइराला पक्षका मानिन्छन् । महोत्तरीको जिल्ला सभापतिमा नागेश्वर यादव निर्वाचित भएका छन् । मतगणनामा सभापतिका कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत प्राप्त गर्न नसक्दा चुनाव दोस्रो चरणमा गएको थियो ।

    पहिलो चरणमा सबैभन्दा धेरै मत ल्याएका नागेश्वर यादवलाई दोस्रो धेरै मत ल्याएका सुशील यादवले समर्थन गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend