शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेस रौतहट सभापति निर्वाचन : दिनभर मतदानको लाइनमा उभ्याएर अनिश्चितकालका लागि स्थगित

कांग्रेस रौतहट सभापति निर्वाचन : दिनभर मतदानको लाइनमा उभ्याएर अनिश्चितकालका लागि स्थगित

  • मिडिया डबली
  • शनिवार, फाल्गुण २१ २०७८

  • 3.9K
    SHARES

  • कांग्रेस रौतहट सभापति निर्वाचन : दिनभर मतदानको लाइनमा उभ्याएर अनिश्चितकालका लागि स्थगित

    जनकपुर - नेपाली कांग्रेस रौतहट सभापतिको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ ।

    केन्द्रीय निर्वाचन समितिले आज (शनिबार) का लागि कांग्रेस रौतहटको सभापतिको निर्वाचनको मिति तोकिएको थियो । तर, शनिबार दिनभर मतदातालाई लाइनमा उभ्याएर पछि अनिश्चितकालसम्मका लागि भन्दै निर्वाचन स्थगित भएको छ ।

    निर्वाचनमा मतदान गर्न नपाएपछि मतदाताहरू निराश भई घर फर्किएका थिए । कांग्रेस रौतहटको सभापतिमा संस्थापन पक्षबाट सुनिल यादव र इतर समूहबाट हरदेव यादव सभापतिका प्रत्यासी छन् ।

    सुनिललाई कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवको समर्थन छ । हरदेवलाई शेखर कोइराला समूहको समर्थन छ । तर, निर्वाचनका बेला कृष्ण यादव पक्षको मान्छेले रडाको मच्चाएपछि मतदान रोकिएको कांग्रेस सदस्यहरूले बताएका छन् ।

    मधेस प्रदेशमा पर्सा, बारा, धनुषालगायतका जिल्लामा कांग्रेसको अधिवेशन सम्पन्न भइसकेको छ । तर, रौतहटमा भने रोकिएको छ ।

    janakpur.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend